हेटौडा, २७ भदौ । व्यवस्थापनले स्थायी प्रक्रिया अगाडि नबढाएपछि नेपाल विद्युत प्राधिकरणमा विगत लामो समयदेखि कार्यरत दैनिक ज्याालादारीकर्मचारीहरुले स्थायीको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा सम्पन्न राष्ट्रिय भेलाले कर्तिक २ गतेबाट आन्दोलनको घोषण गरेको हो । ने.वि.प्रा.मा कर्मचारी अभाव भई कार्य सम्पादनमा अप्ठ्यारो परिरहँदा पनि व्यवस्थापनले विगत लामो समयदेखि काम गरिरहेका ज्यालादारी कर्मचारीलाई स्थायित्व दिन पहल नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए ।
ज्यालादारी कर्मचारीलाई व्यवस्थापन गर्न ने.वि.प्रा. मा हाल क्रियाशिल रहेका ५ वटै ट्रेड यूनियनहरुले सहमती जनाई सक्दा पनि ने.वि.प्रा. को व्यवस्थापन पक्षले आलटाल गरेको संघर्ष समितिको आरोप छ । प्राधिकरणमा हाल ४ हजार कर्मचारी दरबन्दी रिक्त हुँदा तिनै ज्यादारी कर्मचारी दिन रातको पर्वाह नगरि काम गरे पनि व्यवस्थापनले त्यसको मूल्याङकन नगरेको समितिको आरोप छ । ज्यालादारी कर्मचारीको भरमा चलेको विद्युत प्राधिकरण हाम्रै स्थायित्वकालागि पहल नगरेपछि आन्दोलन गर्न बाध्य भयौं यादवले भने । हाल ने.वि.प्रा. मा देशभरिमा करिब २ हजार ५ सय ज्यालादारी कर्मचारी कार्यरत छन् ।