चन्दन रौनियार
इनरुवा, २७ भदौ । चाडपर्वलाई लक्षित गरि सुनसरीको इनरुवा– १ मा सुरु भएको मिनी मेला महोत्सवमा मनोरञ्जनका नाममा बिभिन्न प्रकारका जुवा खेलहरु खुलेआम सञ्चालन भईरहेको छ ।
बुढासुब्बा मन्दिर इनरुवाको निर्माण सहयोगमा आयोजना गरिएको मेला इजाजत प्राप्त संस्थाले इनरुवा–१ की बन्दना श्रेष्ठसहितका ब्यक्तिहरुलाई ठेक्कामा दिएको छ । मेलामा दैनिक साँस्कृतिक कार्यक्रम लगायत मनोरञ्जनका बिभिन्न साधनहरु भए तापनि ५ स्थानमा भने जुवाजञ्य बिभिन्न प्रकारका खेल खेलाएर मेलामा आउने सर्वसाधरणहरुले हजारांै रकम हार्ने गरेको इनरुवा–१ का दिपक साहले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट असोज १६ गते सम्मको मेला सञ्चालनको इजाजत लिएर बुधवारखि सुरु भएको मेलामा अङ्कवाला डाइस जुवा, रिङ्ग जुवा, तीर जुवा, सतरञ्ज जुवा, डिब्वाबाला जुवा लगायतका खेलमा नगद राखेर युवालगायत सिधासाधा मानिसहरुले दैनिक हज्जारांै रुपैयाँ हार्ने गरेको इनरुवा–५ का बासु काफ्लेले बताए ।
जुवाजञ्य खेल खेल्ने स्थानमा ठुलो परिणाममा पैसाको हारजीत हुने भएकाले पैसा राखेर जितिने आशामा कतिपयले घर व्यवहार चलाउने रकम समेत हारेर फिर्ता माग्ने गरेको दृष्य देखिने गरिएको छ । मेला लागेको स्थान नजिक जिल्ला प्रहरी कार्यालय सुनसरी रहेकोले दिनभरीको डयुटी सकेर विदा भएको समयमा मेला हेर्न गएका कतिपय प्रहरी कर्मचारी समेत सादा पोसाकमा जुवाजञ्य खेल खेल्ने गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
साँझ ८ बजे सम्म मात्र मनोरञ्जनका खेल खेलाउने भनिए पनि आयोजकहरुले राती अबेर ९ पछि पनि मेला संञ्चालन गरिएकाले एक हप्ता पछाडि आउदै गरेको परीक्षा दिने विद्यालय तहमा अध्यनरत विधार्थीहरुलाई जेनेटर, रोटेपिङ्गलगायतका मेसिनरी उपकरणले उत्पन्न गर्ने ध्वनी प्रदुषणले अध्ययन कार्यमा बाधा उत्पन्न गरेको आसपासका स्थानीयहरुले गुनासो गरेका छन् ।