• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

फोरम पर्साको बिस्तारित बैठकद्वारा भावी रणनीति तय

फोरम पर्साको बिस्तारित बैठकद्वारा भावी रणनीति तय

बीरगञ्ज, २६ भदौ । संघीय समाजवादी फोरम पर्साको बिस्तारित बैठक आइतवार दिउँसो बीरगन्जमा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको बिस्तारित मुलुकको बर्तामान राजनैतिक अवस्थाको बारेमा बिश्लेषण गर्दै विभिन्न निर्णयहरु गरेको हो । पार्टीको २ प्रदेशका प्रान्तीय अध्यक्ष समेत रहेकी नेतृ यादवले मुलुकको वर्तमान राजनैतिक अवस्थाबारे जानकारी गराउँदै पार्टीको भावी राजनैतिक रणनितिको विषयमा सहभागी नेताहरुलाई जानकारी गराएकी छिन् ।
बैठकमा बिशिष्ट अतिथि लालबाबु राउत गदी, पुर्वमन्त्री एवम् केन्द्रीय सदस्य करिमा वेगम, केन्द्रीय सदस्यद्वय बिरेन्द्र यादव र बालकिशोर यादव तथा जिल्ला अध्यक्ष प्रदिप यादव लगायतका नेताहरुले आ–आफ्नो धारणा राखे । बीरगञ्जको केडिया धर्मशालामा सम्पन्न बैठकले पार्टीको जिल्ला सङ्गठनलाइ सुदृढीकरण र बिस्तारकोलागि विभिन्न समितिहरु गठन गरेको छ ।
महिला सङ्गठन बिस्तारकोलागि केन्द्रीय सदस्य करिमा वेगम, शिक्षक सङ्गठन बिस्तारकोलागी बृजमोहन तिवारी युवा, विद्यार्थी तथा किसानको सङ्गठन बिस्तारकोलागी केन्द्रीय सदस्य बालकिशोर यादवलाइ जिम्मेवारी दिइएको छ । यस्तै क्षेत्र नम्बर १ देखि ५ नम्बर क्षेत्रको सङ्गठन बिस्तारको जिम्मेवारी क्रमशः सलाउदिन अहमद र कमलेश पण्डित, नागेन्द्र यादव र बृजमोहन तिवारी, शिवजी सोनी र महराज यादव, योगेन्द्र यादव र नागेन्द्र यादव तथा मदन चौहान र शरिफ गदीलाइ जिम्मेवारी दिइने बैठकले निर्णय गरेको छ । बिस्तारित बैठकको सञ्चालन जिल्ला सचिव नागेन्द्र यादवले गरे ।