• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको माग सम्बोधन नभएकोमा वौद्धिक समाजद्वारा चिन्ता व्यक्त

मधेशको माग सम्बोधन नभएकोमा वौद्धिक समाजद्वारा चिन्ता व्यक्त

राजविराज , २६ भदौ । बौद्धिक समाज सप्तरीद्वारा ‘वर्तमान परिस्थितिमा राज्य पक्षीय क्रियाकलाप र मधेशको अवस्था’ विषयक एक दिने अन्तरक्रिया आइतबार राजविराजमा आयोजना गरियो ।
समाजका संयोजक ई.सुगम्बर यादवको अध्यक्षता तथा वरिष्ठ राजनितिज्ञ खुशीलाल मण्डलको प्रमुख आतिथ्य एवं पुर्व राज्य मन्त्री अनिस अन्सारीको विशिष्ठ आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष राम नरेश प्रसाद सिंह, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश प्रसाद यादव, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव केसी, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र कुमार चौधरी, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, स्वतन्त्र मधेशी मोर्चाका नेता उमेश प्रसाद साह‘कमाण्डौ’, तमरा अभियानका नेता विवेकानन्द सिंह, भोला मुखिया, युवा नेता विनोद कुमार मण्डल, संयुक्त मधेशी राष्टिय आन्दोलन समितिका केन्दीय प्रवक्ता बलराम यादव, शिक्षक कैलाश यादव, मधेशी नेता गजेन्द्र प्रसाद सिंह, समाजका सदस्य डा. हेम कुमार मिश्रलगायतका बक्ताहरुले मधेशको समस्याबारेमा धारणा राखेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन समाजका सचिव अनिल कुमार अनलले व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले जारी संविधानमा मधेशको मुदा सम्बोधन नहुँदा आगामी असोज ३ गते मधेशीहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने तथा राज्यपक्षले खुशियालीको रुपमा मनाउने भएको हुँदा यसलाई कसरी समन्वय गर्नेबारे आम अन्तरक्रियाका सहभागीहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरे ।