वीरगञ्ज, २६ भदौ । सद्भावना पार्टी वीरगञ्ज नगर कार्य समितिले वृहत पार्टी प्रवेश एवम् ईकाई गठन गरेको छ ।
नगर उपाध्यक्ष सुरेश साह कानुको सभापतित्वमा वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर १५ मुर्लीमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सद्भावना पार्टी सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले आफनो अधिकारको लागि महिलाहरु संगठित हुन र सडकमा दरिलो उपस्थिती देखाउनुपर्ने धारणा राख्दै मधेस आन्दोलनको महत्वपुर्ण उपलब्धि अब महिलाहरुकालागि सुवर्ण अवसर हुने बताए । विभिन्न पार्टी परित्याग गरी २५० जना भन्दा महिला र पुरुष सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
वडा नम्वर १५ मा पुनः सुरेश महतोको अध्यक्षतामा १५ सदसीय ईकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मदन साह, सचिवद्वव शम्भु प्रसाद साह, मनिष झा, सदस्यहरु श्रीनिवास महतो, रघुनाथ साह, अकलेश्वर साह, प्रदिप तिवारी, जितेन्द्र श्रीवास्तव, समसुल खातुन, संगीता देवी, सोनी देवी, बबिता मण्डल, सीमा देवी, सीमा मण्डल, राधिका देवी रहेका छन् । यसैगरी महिला मंच ५१ सदस्यीय वडा ईकाई समितिको अध्यक्षमा संगीता गुप्ता चयन भएका छन् । समितीको उपाध्यक्षमा कबिता देवी, सचिव पुष्पा गुप्ता, सहसचिव सोनी देवी, कोषाध्यक्ष प्रतिमा देवी, सह कोषाध्यक्ष मेहरुन नेसा, सदस्यहरुमा शारदा श्रेष्ठ, अर्चना ठाकुर, पुनम तिवारी, प्रिती चौरसिया, प्रतिमा श्रेष्ठ, मनिषा कुशवाहा, शिल्पा कुशवाहा, संतोषी गुप्ता, रीमा मण्डल, नेहा कुशवाहा, अनिता गुप्ता, सीमा मण्डल, काजल कुमारी लगायत ५१ जना रहेका छन् ।
पार्टी प्रवेश एवं ईकाइ गठन कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सहमहासचिव सुरेन्द्र कुर्मी, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, सदभावना पार्टी पर्सा जिल्ला सचिव राजेश साह, युवा नेता धर्मेन्द्र पटेल, जिल्ला नेता किसोरी यादव ,जिल्ला सदस्य अनिरुद्ध कलवार, वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, महिला मंच पर्साका अध्यक्ष रेखा साह, नगर अध्यक्ष सुनिता रौनियार, मजदुर मंच पर्सा अध्यक्ष दिनेश चौरसिया, युवा मञ्च पर्सा अध्यक्ष शेख मुन्ना, सचिव अनिल साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम पश्चात प्रमुख अतिथि एवम् अतिथिहरुलाई कार्यक्रममा सहभागी महिलाहरुले महिलाहरुको आय आर्जन, क्षमता विकास र सिपमुलक तालिम यस क्षेत्रमा सञ्चालन गरे महिलाहरु सबल हुनेमा ध्यानाकर्षण गराए । महिला मञ्च वीरगञ्जकी अध्यक्ष सुनिता रौनियारले आफु महिला भएको नाताले महिलाहरुको विकासकोलागि रचनात्मक क्रियाकलापहरु गर्ने बताए ।