• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उच्च माविको समस्या समाधान गर्न जिशिकाको ध्यानाकर्षण

उच्च माविको समस्या समाधान गर्न जिशिकाको ध्यानाकर्षण

राजविराज, २६ भदौ । सप्तरीको उच्च माध्यमिक विद्यालय डिमन अभिभावक संघर्ष समितिले विद्यालयको समस्याबारे आइतवार जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
संघर्ष समितिले विद्यालयमा वर्षौंदेखि रहेको समस्याबारे जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका हुन् । डिमन गाविस वडा नम्वर–६ स्थित उच्च माविका पूर्व प्रधानाध्यापक रामबिलास कामतिको अवकाश भदौ ३ गते कार्यकाल सकिएको जनाउँदै ज्ञापनपत्रमा भनिएको छ ‘निज प्रधानाध्यापक कामतिले अवकाश हुनु अगावै विद्यालयको कुनै पनि लेखा, हिसाब, आय–व्यय, अडिट प्रतिवेदन सार्वजनिक गरेको छैन् ।’
अवकाशप्राप्त प्रअ कामतिले निमित प्रधानाध्यापकको लागि दुईजना शिक्षकमा विरेन्द्र यादव र कपलेश्वर यादवलाई प्रअको जिम्मा दिएकोले विद्यालयको शैक्षिक वातावरण बिग्रेको जनाईएको छ । विद्यालयमा करिब दुई वर्षदेखि माध्यमिक तहमा नेपाली र अंग्रेजी विषयको शिक्षक नरहेकोबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउँदा पनि हालसम्म सुनुवाई नभएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘सम्वन्धित निकाय तथा शिक्षक छनौट समिति समेतले एउटै विषयकालागि गणित र विज्ञानमा चार–चार जना माध्यमिक तहका शिक्षकको सरुवा गरी राहत कोटामा नियुक्त गरी पठाएको छ’ ज्ञापनपत्रमा अगाडि भनिएको छ ‘हालसम्म शिक्षा नियमावली अनुसार योग्य प्रधानाध्यापकको छनौट गरी पठाएको छैन ।’ विद्यालयमा विद्यमान समस्या समाधान गरी पठन–पाठनको वातावरण मिलाउन संघर्ष समितिले आग्रह गरेको छ ।