वीरगन्ज,२६ भदौं । संघीय समाजवादी फोरम नेपालकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासँग गरिएको सम्झौता कार्यान्वयन नभए वर्तमान सरकारको हविगत पनि ओली सरकार जस्तै हुने चेतावनी दिएकी छिन् ।
संघीय समाजवादी फोरम नेपाल पर्साले शनिवार वीरगञ्जको अलौंमा अबेर रातीसम्म आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पार्टीकी तराई मधेश प्रदशेकी अध्यक्ष समेत रहेकी नेतृ यादवले यस्तो कुरा बताएकी हुन् । मधेसको मुद्दा सम्बोधन नभएसम्म देशले अग्रगती लिन नसकिने भएकोले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) भारत प्रस्थान गर्नु अघि नै संशोधन प्रस्ताव सदनमा दर्ता गरी देशलाई निकास दिनु पर्ने विचार व्यक्त गरे । उनले मोर्चा र सरकारबीच भएको सम्झौता अनुसार मोर्चाले अापनाे तर्फको दायित्व पुरा गरेकाले अब दायिव पुरा गर्ने पालो काँग्रेस, माओवादी केन्द्रको रहेको बताईन् । सभालाई सम्बोधन गर्दै नेतृ यादवले मोर्चासँग भएको सहमतीलाई वर्तमान सरकारले कार्यन्वयन गर्छ भन्नेमा विश्वास नभए पनि मधेसीलाई अधिकार सम्पन्न बनाई विभेद अन्त गर्न सरकारले संशोधन प्रस्ताव चाँडै संसदमा दर्ता गराउनेमा भने आशावादी गरेको टिप्पणी गरिन् ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् वार्ता टोलीका सदस्य सांसद लालबाबु राउत गद्दीले संसदबाट पारित गरिएको संविधानले मुलुकबाट उत्पीडिन र विभेदलाई अन्त्य गर्नुको सट्टा सत्ता समिकरणलाई नै अगाडि बढाउनु दुर्भाग्यपुर्ण रहेको बताए । उनले सात दशकको संघर्ष र हजारौंको वलिदानीबाट आएको संविधान सर्वस्वीकार्य नहुनु दुखद रहेको विचार व्यक्त गरे । प्रान्तको सिमांकनमै विवाद रहेको बेला गाउँपालिकाको बखेडा झिक्नु देशकोलागि राम्रो नभएको बताउर्दै सिमाँकन लगाएतको विवाद समाधान गरी संविधानलाई सर्व स्वीकार्य बनाई तीनै तहको निर्वाचन गर्दा मुलुकमा दिगो शान्ति हुने नेता गद्दीले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री करिमा बेगम र विरेन्द्र यादवले मुलुकबाट विभेद अन्त्य नगरेसम्म दिगो शान्ति कायम नहुने धारणा राखे । कार्यक्रममा पार्टी पर्साका अध्यक्ष प्रदिप यादवले केही दलको उक्साहटमा ठोरीलाई ३ नम्बर प्रदशेमा गाभ्न ठोरीबासी उद्धत भएको आरोप लगाए ।
पर्साको जग्गालाई चितवनमा मिलाउन प्रयास मात्र गरे त्यसको कडा रुपमा पर्सावासीले प्रतिकार गर्ने चेतावनी दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा अलौ माबिका पुर्व प्रधानाध्यापक धर्मदेव यादव लगायत ३०० सय जना फोरम नेपालमा प्रवेश गरेका छन । नव प्रवेश गरेकाहरुलाई नेतृ यादव र गद्दी लगायतका नेताहरुले फुलको माला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्दीय सदस्य बालकिशोर यादव, प्रदेश सचिव सलाहुदिन अहमद, जिल्ला उपाध्यक्ष मञ्जुर अन्सारी, कोषाध्यक्ष हिरालाल यादव, मधेश प्रदेश सदस्य मदन चौहान, महराज यादव, जिल्ला सदस्य छोटेलाल साह, विरेन्द्र यादव, मदन यादव, समाजवादी विधार्थी फोरमका केन्द्रीय सचिव आमोद यादव, जिल्ला अध्यक्ष यशवन्त यादवलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेशको सस्कृति गीत उपेन्द्र प्रसादले प्रस्तुत गरे भने कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव नागेद्र यादवले गरे ।