राजविराज, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तराई–मधेसको हुलाकी राजमार्ग निर्माण कार्य वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाली काँग्रेस सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ५ सय किलोमिटर अबरोध रहेको हुलाकी राजमार्ग निर्माण कार्य तत्काल अगाडि बढाइएको उनले जानकारी दिए ।
मन्त्री लेखकले वर्तमान सरकारको पहिलो चरण हुलाकी राजमार्ग बताउने रहेको बताउँदै लामो समयदेखि अबरुद्ध रहदै आएको करिब ५ सय किलोमिट हुलाकी राजमार्गको १७ वटा प्याकेजको निर्माण कार्य समेत कार्य बढाएको बताए । उनले नेपाल सरकारको साढे पाँच अर्बको लगानीमा पहिलो चरणमा ६ वटा हुलाकी राजमार्ग सडक निमार्ग गर्ने बताउँदै दोश्रो चरणमा भारत सरकारको सहयोगमा आठ अर्वको लागतमा ११ वटा सडक निर्माण कार्य अगाडि समेत बढाइने पत्रकार सम्मेलनमा मन्त्री लेखकले जानकारी गराए ।
तराई मधेस पहाड जोड्ने सप्तरीको रुपनी–गाईघाट तथा छिन्नमस्तादेखि भारतीय सिमानासम्मको सडक समेत निर्माण गरिने उनले बताए । उनले मधेशमा सडकहरुको अवस्था जीर्ण रहेको भन्दै आफूले प्राथमिकताकासाथ काम अगाडि बढाउने मन्त्री लेखकले प्रतिवद्धता व्यक्त गरे । उनले पत्रकार सम्मेलन अघि सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता पुगेर दर्शन एवम् पुजापाठ गरेका थिए ।