• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पेशागत संघ संगठनहरुको संयुक्त बैठक सम्पन्न

पेशागत संघ संगठनहरुको संयुक्त बैठक सम्पन्न

राजविराज, २४ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघसँग सम्वद्ध बिभिन्न पेशागत संघ संगठनहरुको बैठक शुक्रवार राजविराजमा सम्पन्न भएको छ ।
राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका महाधिबेशन आयोजक समितिका सदस्य असर्फी सदाले श्रमजिवी मजदुरहरु बिरुद्ध भईरहेका षडयन्त्र बिरुद्ध सम्पुर्ण मजदुरहरु एक जुट हुनुपर्ने जोड दिएका छन् । नेकपा माओवादी निकट महिला संघका २ नम्बर प्रदेश इन्चार्ज रुवी कर्णले श्रमजिवी मजदुरहरुको पेशागत हितलाई ध्यानमा राखेर सबै मजदुरहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष केदार देवको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका महाधिबेशन आयोजक समितिका सदस्य भागवत यादवले पछिल्लो समय जिल्लामा मजदुरहरुलाई बिभाजन गर्ने खेल भईरहेको भन्दै मजदुरहरुको बीचमा बिवाद सृजना गरि बिभाजन ल्याउने बिरुद्ध मजदुरहरु एकजुट हुनुपर्ने बताए । बैठकमा नेकपा माओवादी केन्द्रका महाधिबेशन आयोजक समितिका सदस्यहरु कमालउदीन खाँ, प्रथमलाल राम, ढुवानी मजदुर संघका केन्द्रीय अध्यक्ष चक्रबहादुर खत्री, प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, रिक्सा मजदुर संघ सप्तरीका अध्यक्ष केबल राउत, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका कोषाध्यक्ष बिनोद राय, ढुवानी मजदुर संघका टुसाई मण्डल र निर्माण मजदुर संघका राजाराम पासवान लगायतले मजदुर एकतामा जोड दिए ।
बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघसँग आबद्ध बिभिन्न पेशागत संघ संगठनहरुका पदाधिकारी तथा मजदुरहरुको सहभागिता रहेको थियो ।