चन्दन रौनियार
सुनसरी, २४ भदौ । प्रहरी र नागरिक समाजले निगरानी राख्न थालेपछि इटहरीमा चलेको अबैध देहब्यापारको धन्दा धरान र भेडेटारतर्फ सरेको छ ।
अपरेसन सुरू भएको भदौ पहिलो सातादेखी हाल सम्म इलाका प्रहरी कार्यालय धरानले यौन धन्दामा संलग्न एक दर्जन यौनकर्मीहरू सहित ४० बढी जोडीलाई पक्राउ गरि केहिलाई मुद्दा समेत चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानले आफ्नो क्षेत्रमा यौन धन्दा हुने गरेको ब्यापक जनगुनासो बढेपछि धरानका होटलहरूमा कडाईका साथै बिशेष अपरेसन नै थालेको थियो ।
अपरेसन पश्चात प्रहरीले धरानसंगै सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा पनि यौनगतिबिधी बढेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार धरानमा रहेका केहि होटल ब्यवसायहरूको मिलेमतोमा यस्तो यौन ब्यसाय फस्टाउदै गएको र त्यस्लाई नियन्त्रण गर्न प्रहरी केही हद सम्म सफल बनेको दावी गरेका छन ।
यौन धन्दा बिरूद्ध धरानमा बिशेष अपरेसन सुरू भएपछि होटल ब्यवसायीहरूले कन्टयाकको आधारमा यौनकर्मी युवती तथा महिलालाई धरान बोलाएर ग्राहकसँग भेडेटार पठाउने गरेको पाइएको प्रहरीले बताएको छ । भारतको बिहार राज्यमा स्थानीय प्रशासनले मदिराजन्य पदार्थहरू बिक्रीबितरणमा रोक लगाएपछि यौनकर्मी युवतीहरू खोज्दै भारतीय नेपाली बजार छिर्ने गरेको समेत प्रहरी अपरेसनबाट खुलेको छ ।
भारतीय नागरीकहको रोजाइमा परेको पूर्वको केन्द्र इटहरीमा प्रहरी कडाईपछि उनीहरूले सिधै धरानका होटल ब्यवसायहरूसँग सम्पर्क गरी यौनकर्मी युवती तथा महिलाहरू झिकाइ भेडेटारमा रात बिताउने गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । त्यस्तै योन धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकांस युवतीहरूले पनि पछिल्लो समय यौनकर्मीहरूकालागी धरान र भेडेटार ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताएको प्रहरी भनाइ छ