• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारत भ्रमण राजनीतिक भेंटघाटमा मात्रै सीमित नराख्न प्रधानमन्त्रीलाई नेता महतोको सुझाव

भारत भ्रमण राजनीतिक भेंटघाटमा मात्रै सीमित नराख्न प्रधानमन्त्रीलाई नेता महतोको सुझाव

काठमाण्डौ, २४ भदौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आसन्न भारत भ्रमणलाई राजनीतिक भेंटघाटमा मात्र सिमित नराख्न सुझाव दिएका छन ।
सिंहदरबारमा शुक्रवार दिउँसो भएको भेटघाटमा दुबै नेताबीच संविधान संशोधन र प्रधानमन्त्रीको भारत भ्रमणमा कुराकानी भएको छ । सदभावना अध्यक्ष महतोले यस भारत भ्रमणलाई राजनीतिक भेटघाट भन्दा पनि नेपालमा निवेश बढाउने र युवाहरुकोलागि रोजगारको अवसरलाई बढावा दिनमा केन्द्रित राख्ने सुझाव दिए ।
भेटघाटबारे जानकारी दिँदै अध्यक्ष महतोले भने ’मधेशको १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हुँ’ भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसँग नेपाललाई खासगरि मधेशको युवालाई जोड्ने सुझाव दिएको महतोले जानकारी गराए ।
नेपालमा रोजगारीको अवसर नभएको हुनाले प्रत्येक वर्ष लाखौं युवाहरु खाड़ीलगायत अन्य मुलुकमा गई काम गर्न बाध्य भएको कुरा स्मरण गराउँदै सदभावना अध्यक्ष महतोले नेपालका युवाहरुलाई प्रत्येक क्षेत्रमा दक्ष बनाई देशमा स्वरोजगारी बढाउन र विदेश जाँदा पनि दक्ष कामदारको रुपमा गए अनेक दुःख र कष्टबाट जोगिन सक्ने सुझाव दिएका छन ।
महतोले स्किल डेभेलपमेंट योजनालाई द्विपक्षीय वार्ताको एजेण्डा बनाउन मांग गर्दै भारत सरकारसंग तकनिकी सहयोगको समझौतामा दुबै देश बीच हस्ताक्षर हुने माहौल बनाई दिन मांग गरेका छन । उनले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित परियोजनालाई पूरा गर्नुको साथै यो पÞmरक खाले समझौतामा नेपाल सरकारको तर्फबाट प्राथमिकताका साथ राख्ने मांग गरे ।
एक लाख युवालाई दक्ष बनाउन ३ अर्ब ५० करोड़ रुपैयाँ लाग्ने र त्यसकोलागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला दिएको १ मिलियन डलरबाट उपयोग गर्नुपर्ने सुझावसमेत आफूले प्रधानमन्त्री प्रचण्डलाई दिएको महतोले जानकारी दिए । उनले ७० प्रतिशत राजश्व आउने र राष्ट्रको ६० प्रतिशत जीडीपीको योगदान पनि तराई मधेशबाट हुने भएकोले सरकारले मधेशको युवाको स्वरोजगारीको लागि रकम खर्च गर्दा समेत सरकारी ढुकुटीमा २ अरब रुपैयाँ वार्षिक थप्ने दाबी गरे ।.