• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषधसहित चार जना पक्राउ

राजविराज, २३ भदौ । सप्तरी प्रहरीले अवैध लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
विहीवार करिब एक बजेको समयमा ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले पातो– १ चेकजाँच गर्ने क्रममा स १ प २७४५ नम्वरको मोटरसाइकल र २ वटा साइकलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको मलेकपुर–३ का २३ वर्षिय राजेश कुमार सरदार, १९ वर्षिय सन्देश कुमार साह, २२ वर्षिय सन्तोष कुमार साह र सोही गाविसको वडा नम्वर–४ का १९ वर्षिय दिपेश साह रहेका छन् । उनीहरुको साथबाट नाइट्रोजन ट्याबलेट १५ थान, नाईट्रोमेट टयाब्लेट १० थान, स्पास्मो टयाब्लेट ६ थान लागु औषध बरामद गरिएको छ । मोटरसाइकल, साइकलसहित पक्राउ परेकाहरु ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।