काठमाण्डौ, २३ भदौ । पूर्व युवराज पारसले काठमाण्डौको दक्षिणकालीस्थित शक्तिपीठमा विहीवार विशेष पूजा–आजा गरेका छन् ।
दिउ“सो करिब १ बजे दक्षिणकालीमा विशेष पूजाकालागि पुगेका पूर्व युवराज शाहले विधिवत पूजा आजा र दर्शन गरेका छन् । त्यसक्रममा महाराज व्यग्र बेदनाथ, राष्ट्रिय सरोकार मञ्चको अगुवाईमा गएका विभिन्न राष्ट्रवादी तथा धार्मिक संघसंगठनमा आवद्ध पदाधिकारीहरू, आम नागरिक तथा फर्पिन, चोभार, दक्षिणकाली लगायतका क्षेत्रका स्थानीयवासी र युवाहरूले पूर्व युवराजको स्वागत गरेका थिए । दक्षिणकालीमा पूजा सम्पन्न गरेपश्चात पूर्व युवराजले चोभारस्थित जल विनायक मन्दिरको प्रसाद समेत ग्रहण गरेको जनाईएको छ ।
फोटो सौजन्य, राजकुमार थापा