• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
साक्षरता दिवसमा शिक्षाप्रेमी सम्मानित

वीरगञ्ज, २३ भदौ । ३७ औं अन्र्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय पर्साले शिक्षाप्रेमीलाई विहीबार सम्मान गरेको छ ।
वीरगंज नगर क्षेत्रमा रहेका सामुदायिक एवं निजी बिद्यालयका विद्यार्थीहरुले ‘समृद्ध राष्ट्रको बिकास जीवन उपयोगी शिक्षामा लगानी’ भन्ने मुल नाराकासाथ घण्टाघरबाट शुरु गरेको प्रभातफेरी नगर परिक्रमा गरी त्रिजुद्ध उच्च माध्यमिक विद्यालयको सभाहलमा पुगी सम्पन्न भएको थियो । त्रिजुद्ध उच्च माबिमा भएको सम्मान कार्यक्रममा पर्सा जिल्लामा शिक्षा क्षेत्रमा योगदान पुरयाएका आठ जना व्यक्तित्वहरु सम्मानित भएका छन् ।
प्रमाणपत्र एवं पदकबाटबाट सम्मानित हुनेहरु जिल्ला शिक्षा कार्यालय पर्साका विद्यालय निरीक्षक शिवजी प्रसाद, त्रिजुद्ध उच्च माबिका किरण ताम्राकार, नृसिंह उच्च मा.बि पिपराका चन्देश चौहान, सृजना शान्ति प्राबिका बिन्देश्री पटेल रहेका छन् । यस्तै प्रंशसा पत्रबाट सम्मानित हुनेमा नेरा उच्च माबि ठोरीका श्रीराम प्रसाद कुँवर, शिक्षा प्रेमी जनक महतो, दिव्य कन्या मा.बि बिरञ्जीवर्वाका प्र.अ रामजतन प्रसाद, रारा चौरसिया मा.बि झौवागुठीका राजेश्वर चौरसियासहितका व्यक्तिहरु रहेका छन् ।
यस्तै गतवर्ष मधेस आन्दोलनका कारण कार्यक्रम हुन नसकेकोले सो बर्षका पदक प्रमाणपत्रबाट सम्मानित हुनेहरु माईस्थान बिद्यापिठका प्रअ बिनोद मेहता, त्रिजुद्ध उच्च मा.बिका बिधिचन्द्र सहनी, जिल्ला शिक्षा कार्यालय पर्साका श्रोत व्यक्ति शोभा शर्मा रिजाल, पशुपति निमाबि पर्साका शिक्षक भागिरथी चौधरी, नेरा प्रा.बि मधुवनीका भुपेन्द्र तिवारी रहेका छन् । प्रशंसापत्रबाट सम्मानित हुनेमा पन्नालाल उच्च मा.बि.का अध्यक्ष कृष्णा कुमार कलवार, सोमल माबि गहवाका शिक्षक रामसुन्दर चौधरी,माउण्ट एडमाउण्ट माबिका अध्यक्ष अर्जुन शम्सेर जबरा रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय श्रीवास्तव र बिभिन्न शिक्षक संगठनका अगुवाहरुले सम्मान गरेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साका निमित प्रमुख हरी राउत कुर्मीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रहरी निरिक्षक जिवनलाल चुडाली, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य वृजमोहन तिवारी, नेपाल शिक्षक संघ पर्साका तिर्थराज यादव, नेपाल शिक्षक मंच पर्साका दिनेश चौरसिया, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसनका लक्ष्मन साह, प्याब्सन पर्साका अध्यक्ष लालबाबु पटेल, नेपाल शिक्षक महासंघ पर्साका चन्देश चौहान, अगुवा नेताहरु हरेन्द्र चौरसिया, मन्जु मिश्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । जिल्ला शिक्षा कार्यालय पर्साका विद्यालय निरीक्षक आशा गौतमले स्वागत मन्तव्य एवं माईस्थान बिद्यापिठका प्रधानाध्यापक बिनोद मेहताले सहजीकरण गरे ।
त्रिजुद्ध स्कुलमा आयोजना गरिएको सम्मान कार्यक्रममा वीरगञ्जका क्रियाशील पत्रकार एवं एनपीडेली न्युज अनलाइनका सम्पादक संतोष पटेललाई शिक्षा क्षेत्रमा योगदान पुरयाएको भन्दै प्रशंसा पत्रबाट प्रमुख अतिथी श्रीवास्तव, निमित जिशिअ हरि प्रसाद र बिद्यालय निरीक्षक आशा गौतमले सम्मान गरेका छन् ।