• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा एमाले नेता पोखरेको पुतला दहन

राजविराज, २३ भदौ । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले विहीवार साँझ नेकपा एमालेका नेता शंकर पोखरेलको पुतला दहन गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजस्थित शहिद दशन चौकमा मोर्चाले नेता पोखरेलको सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसको विरोध गर्दै पुतला दहन गरेका हुन् । नेता पोखरेलले उनले मङ्गलवार विहान ९.४१ बजे ‘मधेशी मोर्चाले असोज ३ गतेलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या हो कि अपमान ? भनी सामाजिक सञ्जाल आफ्नो ट्वीटरमा लेखेका थिए । putala-dahan-1
एमाले नेता पोखरेल विरुद्ध चर्का नाराबाजी गर्दै युवा विद्यार्थीहरुले पुतला दहन गर्दै मधेश विरोधी एवम् अपमानजनक अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । पुतला दहन पश्चात आयोजित विरोधसभामा विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, युवा नेता विनोद यादव, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, संघीय विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, मनोज मेहतर, सन्दीप दास, विद्यार्थी मञ्च जिल्ला अध्यक्ष शम्भु कुमार यादवलगायतले मन्तव्य व्यक्त गरेका छन् ।