चन्दन रौनियार
सुनसरी (इटहरी), २३ भदौ । मोबाइल चोरी भएको, हराएको भनी उजुरी आउने क्रमबढेपछि ईलाका प्रहरी कार्यालय इटहरीले छुट्टै समूह परिचालन गरेर मोबाइल खोजतलास गर्ने नयाँ शैली अपनाएको छ ।
प्रहरीले यो अभियान सञ्चालन गरेपछि हाल सम्ममा १ सय ३६ वटा मोबाइल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाई सकेको छन् । एक साता अघिबाट शुरु गरिएको यो अभियानले उल्लेखनीय सफलता हासिल गरेको ईलाका प्रहरी इटहरीले जनाएको छ । तीन साताको अवधिमा मोबाइल चोरी भएका, हराएका सर्वसाधारणको खोजतलास गरीपाउँ भन्ने उजुरीका आधारमा आएका खोजी गर्दा इटहरी, खनार लगायतका स्थानहरुबाट विभिन्न ब्राण्डका ३ लाख मुल्यका १४ थान मोबाईल फेला पार्न सफल भएको बताइएको छ ।
उक्त मोबाईलहरु २०७३ भदौ ८ देखी २२ गते ३ हप्ताका विचमा फेला पारेर सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरिएको हो । चोरीएका तथा हराएका मोबाईल इटहरी प्रहरीको खोजतलाबाट फेलापरी फिर्ता पाएकाहरुमा ईटहरी वडा २६ का रश्मि आचार्जु श्रेष्ठ, धरान–१५ का दल प्रकाश लावती, भासी झुम्का–२ का ईश्वर घिमिरे, धनकुटा जिल्ला पाख्रिबास–६ की गिता सापकोटा, ईटहरी–५ की ललिता घिमिरे, इटहरी–५ का संतोष ढुंगेल, इटहरी–४ का टंक बहादुर ढकाल, ईटहरी–२५ का रिशक तामाङ, टेक बहादुर बस्नेत, महेन्द्रनगर–४ (चक्रघट्टी)का गोपाल नेपाल, ईटहरी–६ का प्रदीप खड्का, इटहरी–४ नैन सिह तामाङ, इटहरी–५ का पदम बहादुर लिम्बु, इटहरी–१ का भुवन सिग्देल छन् ।
कतिपय सर्वसाधारणले महिनौ अघि हराएका तथा चोरी भई आश मारी सकेका मोबाइलहरु प्रहरीको विश्वासमा खोजीकालागि उजुरी गरेका बताइएको छ । महिनौ अघि चोरीएका मोबाईल फेला पार्न निरन्तर प्रयास र अनुसन्धानबाट भेटाउन सफल भएको हो । त्यसरी फेला परेका मोबाइलहरु प्रहरीले सम्बन्धित मोबाइल धनीलाई फोन गरेर बोलाई जिम्मा लगाउँदा मोबाइल धनीहरुले खुसी व्यक्त गरेका छन् ।