• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बिराटनगर हत्याकाण्डमा संलग्न तीन जना पक्राउ

बिराटनगर हत्याकाण्डमा संलग्न तीन जना पक्राउ

चन्दन रौनियार
सुनसरी, २२ भदौ । अक्सफोर्ड होस्टेलका वाडेन सुनसरी औरावनी ५ का २१ वर्षिय विनोद यादवको हत्यामा संलग्न तीन जनालाई मोरंग प्रहरीले राति पक्राउ गरेको छ ।
रानी भन्सार नाका नजिकै रहेको एक होटलमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई वडा प्रहरी कार्यालय बिराटनगर (क) को टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३ वर्षिय राकेश यादव , २० वर्षीय जितेन्द्र साह र २० वर्षीय कृष्ण यादव रेहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकाहरुको विषयमा केही अनुसन्धान बाँकी रहेका कारण प्रहरीले थप कुरा सार्वजनिक गरेको छैन ।
हत्या गरेर तन्ना, सिरक र डसनामा पोको पारेर तीनटोलियाका ओमकार श्रेष्ठको घरको कोठाभित्र फ्यालेको अवस्थामा मङ्गलबार विहान यादवको शव फेला परेको थियो । हत्या गरिएका युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको थियो । घटनामा अन्य व्यक्तिपनि संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको छ ।
जितेन्द्र र राकेशको योजनामा कृष्णसमेतका युवा सहभागि भएर यादवको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ । हत्यामा संलग्नको खोजीकालागि मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापा आफै खटिएका थिए । डेरा सर्नका लागि सामान सार्नुपर्ने भन्दै हत्यामा संलग्नले गाडी बोलाएको प्रहरीले जनाएको छ ।
कपडा भनेर पोको पारिएको गुण्टाबाट रगत चुइँदै गरेको देखेपछि गाडी चालकले त्यहाँबाट निस्किएर प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए । प्रहरीले गाडी नम्बर र चालकको नाम पनि गोप्य राखेको छ ।