राजविराज, २२ भदौ । सप्तरीको अर्नाहा गाउँ विकास समिति वडा नम्वर–२ का रामअवतार चौधरीकी १५ वर्षिया छोरी राम कुमारी चौधरीको सर्पको टोकाईबाट बुधवार मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा बिषालु सर्पले टोकेर उनको मृत्यु भएको हो । उपचारकोलागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याईएको थियो । थप उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कायालय सप्तरीले जनाएको छ ।