राम नारायण पंडित
सिरहा, २२ भदौ । सिरहाको धनगढीमाई–२ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छोरा सुरज सदा रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
बारीमा रहेको घिरौला टिपिरहेको अवस्थामा परेको चट्याङ लागेर घाइते भएका सुरजको घरमै र आमा डुमरीको उपचारकोलागि अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, धनगढीमाई ११ का ३५ वर्षिय पवन यादवको करेन्ट लागेर ज्यान गएको छ । पानी तान्ने मोटर चलाईरहेको वेला करेन्ट लागेर यादवको ज्यान गएको हो । यादवको शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार सारडा, उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।