वीरगञ्ज, २२ भदौ । सडक मर्मतकालागि स्थानिय लक्ष्मणवावासीले वीरगंज उपमहानगरपालिका वडा नम्वर १८ लक्ष्मणवा चौकको चौतर्फी बाटो बिकासकालागि २ घण्टा बन्द हुलाकी राजमार्ग अवरुद्ध गर्दै नारावाजी गरेका छन् ।
स्थानिय युवा नेता ईश्वर यादवको अगुवाईमा भएको बिरोध प्रदर्शनमा बाटो बिगार्न पाईदैन, गैरजिम्मेवार हाकिम मुर्दावाद, करको नाममा नगरमा आतंक बन्द गर, बाटो निर्माण कार्य पुरा गर लगायतका नारा लगाएका थिए । बिहान ८ ः ३० बजे देखि १० ः३० बजे सम्म हुलाकी राजमार्ग गरिएको थियो ।
बिरोध कार्यक्रम चलिरहदा स्थानियले खबर गरेपछि ढिलो आएका वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले लक्ष्मणवा चौकको मर्मत एवं सम्भार आफनो क्षेत्र अन्र्तगत नपर्ने भन्दै यो हुलाकी राजमार्ग निर्माण गर्ने निकायको जिम्मा रहेको बताए । नगरपालिका अधिकृत कोइरालाले दिगो बिकासकालागि प्रजिअलाई भेट्नुस भनी स्थानियलाई सुझाव दिएका दिए । २ घण्टा चलेको बाटो बिकासका लागि बिरोध प्रर्दशनको क्रममा बिद्यालय, एम्बुलेन्स लगायतको वाहनहरुलाई छुट दिएको थियो ।
बाटो मर्मतको लागि बिरोध एवं नाराबाजी भईरहँदा ठुला एवं साना यातायात व्यवसायिहरुले समेत समर्थन जनाएका थिए । विरोध प्रर्दशनमा प्रगतिशिल युवा क्लबका पदाधिकारीहरु एवं स्थानियको सक्रियता रहेको थियो ।