वीरगञ्ज, २२ भदौ । सद्भावना पार्टीका केन्द्रीय सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संबिधान संशोधन बिना मधेसको माग पुरा नहुने बताएका छन् ।
पार्टी निकटका भातृ सङ्गठनहरुको अधिवेशन प्रतिनीधि चयन गर्ने कार्यक्रममा बुधवार बोल्दै उनले यस्तो कुरा बताएका हुन् । आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको बताउँदै वर्तमान सरकारले मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गरिसकेको र आन्दोलनकारीमाथि रहेको मुद्दा फिर्ता लिने कार्य अबिलम्ब गर्ने आश्वासन दिएको उनले बताए ।
पर्सा जिल्ला गाबिस बगहीमा १० वटा वर्गिय मञ्चकालागि प्रतिनिधी छनौट गरिएको हो । पार्टीका पर्सा जिल्ला सचिव राजेश साह एवं क्षेत्र नं. २ का संयोजक राजकुमार साह को उपस्थितीमा छनौट भएको छ । बगहीमा वर्गिय मंचका प्रतिनिधीहरुमा युवा तर्फ श्रीलाल यादव, दिनानाथ साह कानु, चन्देश्वर महतो, रामबाबु सहनी,नन्द किसोर पटेल, किसान तर्फ पृथ्वी साह, सिंहासन ठाकुर,बिजय साह कानु, सिकेन्द्र ठाकुर , अच्छेलाल राउत, रामप्रवेश राउत, मजदुर तर्फ हरी साह, सभाष कुशवाहा, अनिल पटेल, राजेश कुशवाहा,दलित तर्फ बद्री राम, अंगत हजरा, रामबिनय राम, मनिषा देवी, बिद्यार्थी तर्फ रामअषिश गिरी, मुकेश ठाकुर, बिनोद महतो, शिवशंकर पटेल,निकेश मिश्रा, साँस्कृति तर्फ लालमणी मिश्रा, भुमिनन्द मिश्रा, चन्दन साह, वुद्धिजिवी तर्फ गौरीशंकर पटेल, रामदास साह, नन्दु साह, रामा राउत, मसोधन राउत, दिपनारायण साह ,उद्योग वाणिज्य तर्फ जवाहिर सहनी,कृतन साह, रामकिसोर सहनी, आदिवासी जनजाती तर्फ सोनालाल महतो, मुकेश महतो, माधव महतो, ओमकुमार महतो,रुपनारायण महतो,महिला तर्फ सुनैना देवी, ईन्द्रा देवी ,रमावती देवी चयन भएका छन् ।
प्रतिनिधी छनौट कार्यक्रममा सदभावना पार्टी जिल्ला सदस्य अनिरुद्ध कलवार, नेताहरु किसोरी यादव, हृदयनारायण साह, सजावल महतो, अंगत हजरा, दिपनाराण साह, अनिल साहलगायतको उपस्थिति रहेको थियो । यसैबिच सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णसहितको टोलीले मधेस आन्दोलनका शहिद वीरगञ्ज उप–महानगरपालिका वडा नम्वर–२५ जगरनाथपुर निवासी दिलिप चौरसियाका अभिभावक एवं परिवारका सदस्यहरुसँग भेंटघाट गरेका थिए ।