वीरगंज २२ भदौ । मुस्लिम धर्मावलम्वी भएर पनि हिन्दू धर्मावलम्वीको महादेव मन्दिर निर्माणमा सहयोग गरेर उदाहरणीय बनेका छन् अन्सारी दाजुभाइ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. जैनुद्दिन अन्सारी र प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले पर्सामा महादेव मन्दिरको निर्माण र बारामा नेपाल भारत संयुक्त मैत्री गौशालाको निर्माणमा सहयोग गरेर अन्सारी दाजुभाइ अनुपम धार्मिक सद्भावको उदाहरण प्रस्तुत गरेका हुन् । अहिले नेपालमा विभिन्न जात जाति धर्म सम्प्रदाय, नागरिक नागरिक बीचको मत–मतान्तर र द्वन्दले राष्ट्र गम्भिर संकटमा परेको बेला बैद्धिक सनातन धर्मावलम्वीकालागि मुस्लिम व्यक्तित्वले हिन्दुकालागि मठ मन्दिर र गौशाला निर्माणमा सहयोग गरि धार्मिक अनेकतालाई एकतामा परिणत गरेर पु¥याएको योगदान आफैंमा उदाहरणीय रहेको भन्दै सारथी श्रृजनशील समाज नेपालले वरिष्ठ समाजसेवी एवं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई बारामा सम्मान समेत गरेको छ ।
नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन र प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले ४८ लाख रुपैया खर्च गरेर पर्साको प्रसौनीमा रामेश्वर महादेव मन्दिर निर्माण गरेपछि यसले पर्सा जिल्लामा धार्मिक एकता र नेपालीहरु बिचको आपसी भाई चाराको सन्देशलाई विश्व व्यापी गराउने क्रमस“गै फेरि अन्सारी दाजुभाइले बारामा निर्माणाधिन नेपाल भारत संयुक्त मैत्री गौशाला निर्माणमा सहयोग गरि अर्को अनुपम उदाहरण प्रस्तुत गरेपछि अहिले अन्सारी दाजुभाइको सर्वत्र चर्चा भई रहेको छ ।
जात, धर्म र सम्प्रदायको मात्र राग अलापेर नेपाली नेपाली बिच फुट ल्याउने आफ्नो वर्ग समुदाय, धर्म, लिङ्गको मात्रै उन्नतीमा रमाउनेहरुले अन्सारी दाजुभाईबाट पाठ सिक्नुपर्ने बुद्धिजिवविहश्ररुको भकनाई छ । हिन्दुको मन्दिर र गौशाला निर्माण गरेर एकताको अनुपम उदाहरण बनेका अन्सारी दाजुभाई धार्मिक सहिष्णुताका अन्तर्राष्ट्रिय हिरो बन्न पुगेका छन् ।