• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गायिका मेनुकाको गीत चर्चाको शिखर चुम्दै

चन्दन रौनियार । नेपाली गीत–सङ्गीतमा अझ भनौं गायनमा अहिले चर्चाको शिखरमा पुग्न सफल गायिका हुन मेनुका राई । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानैदेखिको रहर र रुचीलाई अङ्गीकार गर्दै यस क्षेत्रमा पाइला चालेकी मेनुका निकै मिहेनती छिन् ।
प्रायःजसो सबै प्रकारका गीतहरुमा आवाज दिनसक्ने खुब भएकी मेनुकाको रोजाइमा भने निक्कै चर्चित गीतहरु नै पर्नेगरेका छन् । गीतको भावलाई जीवन्तता दिन गायिका मेनुकाले कुनै कसर बाँकि राखेको छैनन् । परिणामस्वरुप उनले गाएको गीतहरु निक्कै नै उत्कृष्ट बन्ने गरेको छ । खोटाङ जिल्लामा जन्मिएकी उनी एउटा छुट्टै प्रकारको, जोश जाँगर भएकी मेनुकाले रेडियो नेपालमा २०५६ सालमा गीत गाएर साङ्गीतिक यात्रा आरम्भ गरेकी हुन् ।menuka (3)
उनले सोहि समयमा मौरी घुम्छ फुलको बोटैमा गीत गाइन् र त्यसैले उनलाइ चिनाउने काम ग¥यो । यहि गीतबाट मेनुकाले सफलताको उकालो चढ्न सुरु भने गरिन् भन्दा फरक नपर्ला । हाल यीनै मेनुकाले साङ्गीतिक कोसेली ‘लाइफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोक आधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा आएकी मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् ।
सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोक आधुनिक गीत रहेको छ भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको छ । एल्बममा दुई दिने जीन्दगी, साकेला गीत, वितेका ती पलहरु, जुनीजुनीसम्म र माया आरिसे बोलका गीत समावेश छन् । ‘माया आरिसे’ मेनुकाको चर्चित गीत हो ।
एल्बमको अन्य गीतमा भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईको शब्द–रचना रहेको छ । ती गीतमा राज्य राई, पवित्रा चाम्लिङ राई र रिदम राईकै सङ्गीत रहेको छ । एल्बममा समावेश गीतमध्ये ‘दुईदिने जीन्दगी’ लाई भिडियोमा ल्याइएको छ । ‘हे प्यारा प्यारा’ शीर्षक दिइएको यस भिडियोमा अकेशा विष्ट र बोनी एण्ड गु्रपको अभिनय रहेको छ ।
उक्त भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका छन् । मेनुकाको ‘लाइफ’ को अडियोलाई रिभेन्स म्युजिक क्रियेशनले बजारमा प्रस्तुत गरेको हो । नायिकामा हुने गुण पनि प्रशस्तै छ उनमा । जति मीठो स्वर छ त्यति नै शारीरिक सुन्दरता पनि छ । बहु प्रतिभाको धनी मेनुका दिक्तेल बजार गीतमार्फत गायिकाका रुपमा चिनिएकी हुन्। काम ढिलै भएता पनि दर्शकहरुको मन मुटुमा छाप पार्न सफल गीत ल्याउने उनको दावी थियो ।menuka (2)
मेनुकाले आवाज दिएको गीतहरुले दिनानु दिन बजारमा चर्चा कमाउन सफल भएका छन् । उनले गाएका गीतहरु प्रायः मन छुन सफल हुन्छन् र उत्कृष्ठ बन्न पुग्छन् । आफ्नो माता पिताको आर्शिवादले तथा साथीभाइको प्रेरणाले यो स्थान सम्म आइपुग्न सफल मेनुका भन्छिन ‘मैले धेरै बर्ष अघिदेखि यस क्षेत्रमा सक्रियता देखाए तापनि मिडियामा भने ओझेलमा पर्नेगरेकी छिन् । त्यसो त अनावश्यक चर्चा र सस्तो लोकप्रियता कमाउनकै लागि मिडियामा प्रचार गर्नु भन्दा पहिले आफनो क्षेत्रमा दत्तचित्त भइ काम गर्नाले नै सफलता मिल्ने उनको बुझाई छ ।