• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाराका अग्रज पत्रकारहरुले पेन्सन पाउने

कलैया, २० भदौ । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले बाराका अग्रज सञ्चारकर्मीहरुकालागि ल्याएको पेन्सनसम्वन्धि ब्यवस्थालाई बाराका संचारसम्वद्ध संगठनका अध्यक्षहरुले सहमती जनाएका छन् ।

पचास वर्ष नाघिसकेका वा २० वर्षदेखि पत्रकारीता गरेका पत्रकारको हकमा महासंघले सदस्यता नविकरण गर्ने तथा २५ वर्षदेखि पत्रकारीता गरेका वा ५५ वर्ष उमेर पुगेका पत्रकारको हकमा मासिक रु ५००।– प्रोत्साहन भत्ताको ब्यवस्था गरेको छ । हाल बारामा गम्भिरा सहनी, सत्य प्रकाश श्रेष्ठ, रेशम तिवारी, अजयराज गौतम, रामेश्वर मेहतालगायतका सञ्चारकर्मीहरुले यो सुबिधा पाउने अध्यक्ष उपाध्यायले बताए । 

यसैगरी महासंघका सबै सदस्यहरुको एक लाख बराबरको दुर्घटना बिमा समेत गराउने निर्णय गरिएको जानकारी दिए । बैठकमा अध्यक्ष उपाध्यायले आफ्नो कार्यकालमा सबै संचारकमीहरुको सहयोगमा महासंघले गरेका कार्यहरुको प्रगति विवरण सार्वजनीक गरेका थिए । उनले बारामा पहिलो पटक महासंघका मध्यामाञ्चल बैठक गढिमाईमा राख्न सफल भएको बताएका छन् । त्यसतैे केन्द्रीय अधिवेशनका बेला चितवनमा बाराका सम्पूर्ण सञ्चारकर्मीलाई धोती, कुर्ता, गमछा तथा ढाका टोपी लगाई बारालाई चिनाउन सफल भएका उनले बताए ।
सञ्चारकर्मीहरुकोलागि महालक्ष्मी फाइनान्समा कल्याण कोष र पुरस्कार कोषको स्थापना गरेका जानकारी गराए । यसैगरी सुबिधासम्पन्न दुई तल्ले भवन बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भवनमा सुचना केन्द्र, पुस्तकालय, अतिथि कक्ष, ब्यवस्थित बैठक कोठाको तयार हुन लागेको बताए । भवन बनाउन सभासद फरमुल्ला मसुंरले संसदिय विकास कोषबाट रु ७ लाख र जिविस तथा नगरपालिकाहरुबाट सहयोग भएको बताए ।
बाराको सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, गढीमाई नगरपालिका तथा कोहल्वी नगरपालिका कार्यालयहरुमा महासंघको सुचना केन्द्र खोल्नको निमित विषेश पहल गरीएका अध्यक्ष उपाध्यायले बताए । उनले ती नगरपालिकाहरुको परिषद्मा सुचना केन्द्र खोल्ने निर्णय गर्न सहयोग गरेका राजनैतिक दलहरुप्रति कृतज्ञता जनाएका छन् ।