• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सात जनाको हत्या गर्ने सिरियल किलर रईस पक्राउ

सात जनाको हत्या गर्ने सिरियल किलर रईस पक्राउ

राजविराज, २० भदौ । सप्तरी र सुनसरी जिल्लामा भएको सात जनाको श्रृंखलावद्ध हत्यामा संलग्न सिरियल किलर मो.मस्तकिम भन्ने मो. रईस मियाँलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

भारतको मधुवनी जिल्ला लौकाहा बगमरिया घर भई हाल सारस्वर–७ का ३६ वर्षिय रईसलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीको विषेश पहलमा बैदेशिक रोजगारमा जाने क्रममा आइतवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट उनलाई ०७६५६६४३ नम्वरको राहदानीसहित पक्राउ गरिएको छ । IMG_9893
पक्राउ परेका रइसले हत्या गरेर गाडेको स्थानबाट त्रिकोल–५ कि निर्मला देवी साह र जण्डौल–६ की दुलारी देवी साहको २०७२ वैशाख २७ गते कंकाल फेला पारेको थियो । डिएनए परीक्षणबाट उनीहरुको नै शव भएको पहिचान भएको थियो ।
यसैगरी रइसले नै अन्य व्यक्तिहरुको सहयोग लिई सारस्वर–७ का सहबुद मियाँ र सगिरा खातुनको हत्या गरेका थिए । उनीहरुको मानव कंकाल कल्याणपुर–८ स्थित एक कुखुरा फर्मबाट २०७२ जेठ ६ गते र असार ४ गते फेला परेको थियो ।
यसैगरी सुनसरीको ईनरुवामा समेत दुई वर्ष अघि तीन जनाको हत्या गरी शव गाडेर रइस फरार रहँदैआएको प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नाम थर ः मो.मस्तकिम भन्ने मो। रईस मियाँ ।
उमेर ः बर्ष ३६
बाबुको नाम ः नुराई मियाँ उदरा ।
वतन ः देश भारत, जिल्ला मधुवनी लौकाहा बगमरिया घर भई हाल ऐ. सारस्वर गा.वि.स.वडा नं ं७ सप्तरी ।
कैली खातुनको श्रीमान र बुहारीको हत्या घट्ना ः घट्ना नं. १
जाहेरवाली कैली खातुनको छोरा मो. आलम मियाँ कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला कारागारमा रहेको बखत हाल ष्भागी फरार रहेका प्रतिबादी मो सकिल हुसेन समेत सोही कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेको र निजहरु दुबै जनाको कारागारमा नै चिनजान भएको पाईएको । मो.सकिल हुसेन कारागारबाट छुटी गएपछि जाहेरवाली कैलु खातुनको घरमा गई तिम्रो छोरा कारागारमा रहेछ म समेत कारागारमा नै थिए, म पैसा खर्च गरि छटी आएको, मेरो माथिसम्म चिनेका मानिस छन, रुपियाँ खर्च गर्नु हुन्छ भने म तिमीहरुको छोरालाई छुटाई दिन सक्छु बिभिन्न आस्वासन दिएको र जाहेरवाली कैली खातुन र निजको श्रीमान सहबुद मियाँ तथा मो.आलमको श्रीमती सगिरा खातुन समेत निज मो सकिल हुसेनको प्रलोभनमा परी शुरुमा ७६,०००।– हजार र मिति २०६९ साल असोज १ गते २०००००।– लाख रकम निज सहबुद मियाँबाट लिई राजविराज हुदै काठमाण्डौंसम्म जानु पर्छ भन्ने बहाना बनाई मिति २०६९।६।१० गते हाल फरार रहेका प्रतिबादी मो.सकिल हुसेनले सहबुद मियाँ र सगिरा खातुनलाई आफ्नो घर कुशहा बोलाई त्याँहाबाट मोटरसाईकलमा ऐ. कल्यायाणपुर गा.वि.स.वडा नंं. ८ स्थितमा आफैले संचालन गर्ने कुखुरा फर्ममा ल्याई उक्त दिनभरी सोही स्थानमा राखी जाहेरवालीको छोरा कारागारबाट छुटाई दिन्छु भनि लिएको रकम रु २,७६,०००।– पचाउने मनशायले हाल फरार रहेका प्रतिबादीहरु सकिल हुसेन, पक्राउ परी हाल कारागारमा रहेका प्रतिबादी अलाउद्धिन मियाँ, नसरुल मियाँ समेत भई ससुरा बुहारी दुबै जनालाई कर्तव्य गरि मारी सोही स्थानमा खाल्डो खनी गाडी लास बेपत्ता बनाएको भन्ने विषेश सुराकीको आधारमा मिति २०७२।२।६ गते प्रतिबादी सकिल हुसेनको उक्त पुरानो बन्द अवस्थामा रहेको कुखुरा फर्म आसपास उत्खनन् कार्य गर्दा पहिलो पटक सहुबद मियाँको मानव कंकाल र दोश्रा पटक मिति २०७२।३।४ गते महिलाले लगाउने कपडा सहितको महिला मानिसको जस्तो देखिने मानव कंकाल फेला परेकोमा उक्त दुबै मानव कंकालहरु म्ल्ब् परिक्षणको आधारमा सहबुद मियाँ र सगिरा खातुनको हो भन्ने पुष्टी भईसकेको र सो घट्नाका वारदात पश्चात भागी फरार रहेका प्रतिबादीहरु मध्ये देश भारत, जिल्ला मधुवनी लौकाहा बगमरिया घर भई हाल ऐ. सारस्वर गा.वि.स.वडान ं७ बस्ने नुराई महमद कुदराको छोरा मो. मस्तकिम भन्ने मो रईस मियाँ लुकिछिपी बैदेशिक रोजगारमा जान लागेको भन्ने सूचनाको आधारमा यस कार्यालयका पहलमा बैदेशिक रोजगारमा जान लागेको अवस्थामा मिति २०७३।५।१९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरि यस कार्यालयमा ल्याईएको निजको विरुद्धमा यस कार्यालयमा दर्ता भएका सहुबुद मियाँ र सगिरा खातुनलााई कर्तव्य गरि मारेको सोही प्रकृतिले जणडौल गा.वि.स. दवडा नं. ६ तर्फ घर भएकी दुलारी देवी साह र त्रिकोल गा.वि.स.वडा नं. ५ बस्ने निर्मला देवी साहलाई कर्तव्य गरी मारेको ज्यान सम्बन्धि मुद्दा समेतमा थप अनुसन्धान भईरहेको ।
दुलारी देवी साहको हत्या ः घट्ना नं. २
जिल्ला सप्तरी जण्डौल गा.वि.स.वडा नं. ६ बस्ने दुलारी देवी साहको श्रीमान् धिरेन्द्र साह कर्तव्य ज्यान सम्बन्धि मुद्दाको अनुसन्धानको सिलसिलामा सप्तरी जिल्ला कारागारमा रहेको अवस्थामा २०७० सालको असोज कार्तिक महिनामा हाल फरार रहेका प्रतिबादी मो. सकिल हुसेन सहित गुल्जार मियाँ र हाल पक्राउ परी आएका प्रतिबादी मो.रईस मियाँ लगायतका व्यक्तिहरुले दुलारी देवी साह संग भेटघाट गरि तिम्रो श्रीमान् कारागारमा रहेछ, ६ लाख रुपियाँ सम्म खर्च गर्ने भए हामी तिम्रो
श्रीमान्लाई कारागारबाट निकाली दिन्छौ भन्ने आश्वासन दिई प्रतिबादी मो.सकिल हुसेन समेत भई दुलारी देवी साहको ससुरा बुबाको नाँउको जण्डौल गा.वि.स.स्थित पुर्व पश्चिम राजमार्गमा रहेको जग्गा बेच्न लगाई रु ६ लाख दुलारी देवीको साथमा जम्मा भए पश्चात मिति २०७० साल मंसिर महिनाको ६ गतेका दिन प्रतिबादी मो.सकिल हुसेन समेत भई दुलारी देवी साहलाई उक्त रुपियाँ सहित राजविराज स्थित कारागार कार्यालय सप्तरी ल्याई दुलारी देवी साहको श्रीमान् धिरेन्द्र साहलाई कारागारबाट छुटाई दिन्छु आश्वासन दिई दुलारी देवी साहको साथमा भएको रु ६ लाख रुपियाँ निजबाट जुनसुकै बहानामा लिई खाने योजना मुताविक राजविराजमा नै बेलुकासम्म अल्मल्याई बेलुका करिब ५ बजेको समयमा हाल फरा रहेका प्रतिबादी मो. सकिल हुसेनले आफ्नो मोटरसाईकलमा चढाई दुलारी देवी साहलाई जण्डौल तर्फ लिई गएको र अन्य निजका साथीहरुलाई पहिला नै उक्त स्थानमा भेला जम्मा हुन लगाई निर्मला देवी साहलाई जण्डौल चोक भन्दा उत्तर चुरे जंगलको फेदीमा पु¥याई कर्तव्य गरि मारी दुलारी देवी साहको साथमा भएको नगद रु ६ लाख तथा गरगहना समेत डांका गरी लास बेपत्ता बनाउने मनशायले सोही स्थानमा खाल्डो खनी गाडेको । दुलारी देवी साह गांउ घरबाट बेपत्ता भएको र करिब २ बर्षसम्म कहिकतै पनि निजलाई गाँउलेहरुले नदेखेपछि गाँउलेहरुको आशंका र गोप्य सूचनाको आधारमा दुलारी देवी साहको बारेमा भएको अनुसन्धानको क्रममा हाल फरार रहेका प्रतिबादी मो.सकिल हुसेन, गुल्जार मियाँ लगायतका व्यक्तिहरुले निजलाई २०७० साल मंसिर महिनाको पहिलो हप्तातिर जिल्ला सप्तरी जण्डौल गा.वि.स.वडा नं. ८ स्थित चुरे जंगलको फेदीमा पु¥याई कर्तव्य गरि मारी निजको साथमा भएको नगद रु ६ लाख डांका गरी लगेको भन्ने खूल्न आए पश्चात स्थानिय मानिसहरुको सहयोगमा जिल्ला सप्तरी जण्डौल गा.वि.स.वडा नं. ८ स्थित निर्मला देवी साहलाई कर्तव्य गरि मारेको भनिएको सम्भावित स्थानहरुमा मिति २०७२।१।२७ गते उत्खनन् कार्य गर्दा महिलाको जस्तो प्रकृतिको मानव कंकाल फेला परेकोमा म्ल्ब् परिक्षण मार्फत उक्त मानव कंकाल धिरेन्द्र साहको श्रीमती दुलारी देवी साहको नै भएको पुष्टी भएको र सो वारदातमा संलग्न भागी फरार रहेका प्रतिबादीहरु मध्ये भारत जिल्ला मधुवनी लौकाहा बगमरिया घर भई हाल जिल्ला सप्तरी सारस्वर गा.वि.स.वडा नं. ७ बस्ने नुराई मियाँ कुदराको छोरा मो.मस्तकिम भन्ने मो.रइस मियाँ बैदेशिक रोजगारमा जाने क्रममा मिति २०७३।५।१९ गते दिनको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट ०७६५६६४३ नं.को राहदानी सहित पक्राउ परी यस कार्यालयमा दाखिला भएको सो लगायत निजको विरुद्धमा यस कार्यालयमा दर्ता भएका अन्य मुद्दाहरुको समेत अनुसन्धान भईरहेको ।
निर्मला देवी साहको हत्या ः घट्ना नं. ३
जिल्ला सप्तरी त्रिकोल गा.वि.स.वडा नं. ५ बस्ने स्व.जय राम साहको पत्नी निर्मला देवी साहलाई हाल फरार रहेका प्रतिबादी मो.सकिल हुसेन तथा पक्राउ परी थुनामा रहेका अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन समेत भई छोरा दिपक कुमार साहलाई बैदेशिक रोजगारीमा पठाई दिने बहाना बनाई रु ३ लाख रकम जम्मा गर्न भनि उक्त रकम जम्मा गरे पछि उक्त रकम खाने मनशायले निजको साथमा रहेको छोरा दिपक कुमार साहलाई मेडिकल गर्ने बहानामा मिति २०७०।१२।१ गते बेलुकाको समयमा घरबाट लहान पु¥याई राखी सोही रात उल्लेखित सम्पुर्ण प्रतिबादीहरु भई निर्मला देवी साहलाई घाँटी थिची, धारिलो हतियारले पेटमा काटी कर्तव्य गरि मारी बाकसमा राखेको नगद रु ३ लाख सहित बिभिन्न कपाली तमस्ुक कागजातहरु समेत डांका गरि लगेको । उक्त वारदातमा संलग्न प्रतिबादीहरु मध्ये अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ पक्राउ परी हाल पुर्पक्षको क्रममा जिल्ला कारागार सप्तरीमा रहेको वारदात पश्चात फरार रहेका प्रतिबादी मो.रईस मियाँ यस कार्यालयको विषेश पहलमा बैदेशिक रोजगारमा जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मिति २०७३।५।१९ गते दिनको समयमा ०७६५६६४३ नं.को राहदानी सहित पक्राउ परी यस कार्यालयमा दाखिला भएको । निज विरुद्ध उल्लेखित सम्पुर्ण श्रृखंलाबद्ध हत्याका घट्नामा थप अनुसन्धान भईरहेको ।