• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोरङको मझारेमा आगलागी, आगोले पोलेर दुई घाइते

मोरङको मझारेमा आगलागी, आगोले पोलेर दुई घाइते

मोरङ, २० भदौं । मोरङको मझारे गाबिस–५ स्थित डकैता टोलमा आइतबार आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ भने आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।
स्थानीय महेन्द्र मण्डलको गाई गोठमा राती ११ बजेतिर लामखुट्टे भगाउन बालेको आगो सल्किन गई उनको १ वटा गाई, १ वटा गोरु जलेर मरेका छन् । आगलागीबाट  छिमेकी मिनराज गन्गाईको गोठ र गोठमा बाधेको बाछा, प्रशुराम मण्डलको गोठ, रम्बादेबी गन्गाईको काठको खम्बा टिनको छानो भएको घर, घरभित्र भएको नगद रु ५० हजार तथा १ वटा गाई समेत जलेर मर्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ ।
आगलागी प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीको प्रयासमा १२ बजे नियन्त्रणमा लिएको छ । आगो निभाउने क्रममा महेन्द्र मण्डल, मिनराज गन्गाई सामान्य घाइते भएका छन् । यता खोटाङको  काउले–८ स्थीत हुमापोखरी बस्ने राज कुमार श्रेष्ठको घरमा आइतबार विहान खाना पकाउने क्रममा आगलागी भएको छ । आगलागीबाट उनको घर तथा घरभित्र भएको सम्पुर्ण सामान समेत जल्दा ९९ हजार बराबरको क्षति भएको बताइएको छ । आगलागी प्रहरी र स्थानीय मानिसको प्रयासमा नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।