वीरगंज, भाद्र २० । गणेश पूजा समिति रामगढवाले वीरगंज उपमहानगरपालिका वडा नम्बर २७ रामगडवा चौकमा आज गणेश चतुर्थी दिन गरेकोे खुला रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
समितिका अध्यक्ष रञ्जित पटेलको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरु क्रमश ः रमेश पटेल, प्रमोद राउत, श्रीराम प्रसाद, रंजित पटेल, रामानन्द प्रसाद, सुधिर पटेल, जंगबहादुर पटेल, अवतार पटेल, दिनेश कुर्मी, बिकेश कुमार, सुशिल कुर्मी, उमेश कुमार, संजय प्रसाद, भुपेन्द्र कुर्मी, महम्मद मुस्तुफा, दिनेश पटेल, बिजय पटेल, हरी पटेल, भुवर पटेल, गणेश पटेल, निरज पटेल, वृजेश पटेल, रोशन पटेल, धर्मेन्द्र पटेल, अजय पटेल, लक्ष्मी कुर्मी, रोया पटेल, संदिप कुमार, निखिल पटेल, बिगा राउतलगायत ५१ जनाले रक्तदान गरेको स्थानिय जंगबहादुर पटेलले बताए ।
रक्तदान कार्यक्रममा रामगढवा गाविसका पूर्व अध्यक्ष जंगाली राउत कुर्मी, नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति अरबिन्द गुप्ता, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुधिर पटेल, रक्तसंचार केन्द्रका डिल्ली माया घिमिरे लगायतको सहभागिता रहेको थियो ।