चन्दन रौनियार
सुनसरी, १९ भदौ । इनरुवा खोला किनारमा खेल्ने क्रममा पानीमा डुबेकी बहिनीलाई बचाउने क्रममा दिदीलाई समेत खोलाले बगाएको छ ।
सुनसरी खोलामा डुबेर बेपत्ता हुनेमा नरसिङ १ का ६ वर्षिया बबिता र ८ वर्षकी मनिता मण्डल रहेकी छिन् । खोला किनारमा खेल्ने क्रममा लडेर पानीमा डुबेकी बहिनीलाई बचाउन खोलामा छिरेकी दिदी समेत डुबेकी हुन् । हालसम्म वेपत्ता बालबालिका फेला पर्न नसकेको सुनसरी प्रहरीलेजनाएको छ ।