• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सात वर्षिया मुस्लिम बालिकाकाे सामुहिक बलात्कार

सात वर्षिया मुस्लिम बालिकाकाे सामुहिक बलात्कार

राजविराज, १९ भदौ । गत भदौं १५ गते नजिकैको झाडीमा लगी तीन जना मिलेर सामुहिक बलात्कारको शिकार भएकी सात वर्षिया बालिका आफन्तजनकासाथ बालिका न्याय माग्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेकी छिन् ।
बाख्रा चराउन गएकी सप्तरीको बनैनियाँ–८ का एक ७ वर्षिया छोरीलाई स्थानीय तीनजना मुस्लिम थरका युवकहरुले सामुहिक बलात्कार गरेको तथ्य सार्वजनिक भएको हो । अभिभावकसहित जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी बालिकाका अभिभावकले बेहोस अवस्थामा नातिनीलाई इलाका प्रहरी कार्यालय कल्याणपुर पु¥याउँदा प्रहरीले लहानमा लगेर मेडिकल गराएको र पक्राउ परेका तीनैजनालाई ९० हजार रुपैया लिएर प्रहरी निरीक्षक सुर्यनारायण यादवले छाडिदिएको आरोप लगाएका छन् ।
राजविराजका केही मुस्लिम अगुवालाई लिएर न्यायकोलागि जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै हजुर बुवा मोहम्मद जमिरले न्यायकालागि पहल गरिदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।