• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अनुगमन टोलीद्वारा विषादीयुक्त केरा बरामद

अनुगमन टोलीद्वारा विषादीयुक्त केरा बरामद

राजविराज, १९ भदौं । चाडपर्वको समयमा बजारमा विषादीयुक्त मिठाई र फलफूल बिक्री वितरण भइरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीसहितको टोलीले राजविराजबाट ठूलो परिमाणमा केरा बरामद गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका खाद्य अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीद्वारा राजविराज–१ स्थित हटियाबाट १ लाख मुल्य पर्ने विषादीयुक्त केरा बरामद गरि नष्ट गरिएको छ । हटियाका विभिन्न पसलमा राखिएको केरामा कार्वाइड हालिएको पाइएकोले केरा नष्ट गरिएको बताइएको छ ।
टोलीले केरा भण्डारण गरिएका ठाउँमा छापा मार्न थालेपछि ठूलो संख्यामा व्यापारीहरु प्रशासन विरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनीहरुलाई खाद्य सुरक्षा ऐन अन्तर्गत कारवाही गरिने सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिएका छन् ।