• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कांग्रेसको वडा कार्यालय उद्घाटन

राजविराज, १८ भदौ । राजविराज नगरपालिका वडा नम्वर–७ स्थित नेपाली कांग्रेसको कार्यालय शनिवार उद्घाटन गरियो ।
वडा नम्वर–७ को बुथ सभापति ईश्वर साहको अध्यक्षता तथा नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादव, नेपाली कांग्रेस नगर समिति सभापति शम्भु लाल देव, जिल्ला सदस्य मो.सब्बिर आजम गुलाब, नेता सत्य नारायण शर्मा, नगर सचिव शत्रुधन साह, सदस्य रामकुमार साह, सतिषचन्द्र झा, तरुण दल वडा नम्वर–८का कोषाध्यक्ष तीर्थ नारायण दास, प्रो.जयनारायण यादव र ने.वि.संघका युवा नेता पार्थो सरकारलगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको छ ।