• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवाहरुले थाले सप्तरीमा ५० हप्ते सरसफाई अभियान

युवाहरुले थाले सप्तरीमा ५० हप्ते सरसफाई अभियान

राजविराज, १८ भदौ । सप्तरीमै पहिलोपटक ५० हप्ते सरसफाई अभियान प्रारम्भ भएको छ ।
जिल्लामै पहिलो पटक युवा सम्मेलन गराउन सफल सप्तरी जिल्ला युवा सम्मेलन मूल समारोह समितिले ५० हप्ते सरसफाई शनिबारदेखि प्रारम्भ गरेको हो । सरसफाईको पहिलो दिन राजविराज ७ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा थुप्रिएको अत्यधिक फोहोर युवाहरुले सफा गरेका छन् । जमेको फोहोरले दुर्गन्ध बढेको, लामखुट्टेको प्रकोप बढेको कारण यही ठाउँबाट सरसफाई अभियान प्रारम्भ गरिएको समिति सदस्य मोहन यादवले बताए । yuwa sarsafai (1)
करिब सय जनाको संख्यामा रहेका युवाहरुले दुई घण्टा लगाएर फोहोर सफा गरेका हुन् । प्रत्येक हप्ता फोहोर सफा गर्ने कार्यलाई निरन्तरता दिइने अर्का सदस्य आयुष श्रेष्ठले जानकारी दिए । सरसफाईमा समितिका युवाका साथै राजविराज नगरपालिकाका सरसफाई कर्मचारी, सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुले पनि सहभागिता जनाएका थिए ।
सरसफाई अभियानको उद्घाटन अवसरमा बोल्दै बक्ताहरुले स्थानीयहरुलाई सफाई गर्न जागरुक बन्नुपर्नेमा जोड् दिए । उनीहरुले फोहोर गर्नेलाई लाज लगाउनुपर्ने र जरिवाना तोक्नुपर्ने बताए । अभियान उद्घाटनका प्रमुख अतिथी सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आफ्नो अगाडि रहेको फोहोर आफैं सफा गर्नुपर्नेमा जोड् दिए । उनले एक त फोहोर फ्याँक्नै नहुने र फयाँकिए आफैं सफा गर्नुपर्ने बताए ।
उनले फोहोरकै कारण सुँगुर छाडामा रमाउन चाहेको बताउँदै एक हप्ता अगाडि नै सुँगुर नियन्त्रणको सन्दर्भमा गरिएको निर्णय अब कार्यान्वयन गरिने बताए । उनले एक हप्ताभित्रै सुँगुरलाई नियन्त्रणमा लिई मारेर नष्ट गरिने या त जंगलमा छाडिने बताए । उनले राजविराज नगरपालिका स्थानीयहरुकै भएको र आफूहरु कर्मचारी भएकाले धेरै दिन बस्न नसक्ने भएकाले स्थानीयहरुलाई नै जागरुक बन्न्ुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले युवाहरुले देखाएको सकृयता सह्रानीय भएको बताउँदै आफूले हरेक सहयोग गर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले युवाहरुले चाहेमा जस्तोसुकै काम गर्न सक्ने बताउँदै फोहोर गर्नेलाई लाज लगाउनुपर्ने बताए ।
जिल्ला खानेपानी तथा सरसफार्य डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादवले युवाहरु सरसफाईमा जुर्मुराएकाले अब सरसफाईले पुर्णता पाउने विश्वास व्यक्त गरे । उनले यो कार्यमा आफूले पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । युवा समितिका संयोजक श्रवणकुमार देवको अध्यक्षतामा आयोजित अभियान उद्घाटन सत्रमा सदस्य मोहन यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन आयुष श्रेष्ठले गरे ।