• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

एकल महिला संरक्षण कार्यालयको साधारणसभा सम्पन्न

एकल महिला संरक्षण कार्यालयको साधारणसभा सम्पन्न

चन्दन रौनियार
सुनसरी, १८ भदौ । सुनसरीको दुहवी स्थित हिन्दु स्वमसेवक भवनमा एकल महिला विकास एवम संरक्षण केन्द्रीय कार्यालय दुहवीको आयोजनामा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एकल महिला विकास एवम संरक्षण केन्द्रीय कार्यलय दुहवीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि दुहवी भलुवा नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकाल तथा विशिष्ठ अतिथि थारु कल्याणकारी सभा नेपाल का केन्द्रीय सल्लाहकार मिलिराम चौधरीले एकल महिला संरक्षण समितिले गरेको योगदानको विषयमा चर्चा गरे ।
एकल महिला विकास एवम संरक्षण केन्द्रीय कार्यालय दुहवीका सल्लाहकार तथा संचारकर्मी प्रेम गिरीले वार्षिक आय व्यय प्रतिवेदन तथा आर्थिक वर्ष २०७२÷०७३ मा आयोजना गरेका गतिविधिहरु प्रस्तुत गरे । आम्दानी तर्फ रु.१ लाख ९३ हजार ७ सय २० तथा खर्चतर्फ १ लाख ५६ हजार ४ सय २० र बाँकी मौज्दात ३ लाख ७३ हजार २ सय रहेको छ ।
कार्यक्रममा संघीय प्रेस फोरमका सुनसरी अध्यक्ष चन्दन रौनीयार, स्थानीय संचारकर्मी आशिष यादव स्थानिय संघ संस्थाका प्रतिनीधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा ९ जना जेष्ठ एकल महिला लगायतलाई सम्मान समेत गरिएको छ ।