• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सर्पको टोकाईबाट बालिकाको मृत्यु

रबिन्द्र यादव, नवलपरासी, १८ भदौं । नवलपरासीको गुठीपरसौनीमा सर्पको डसाईबाट एक बालिकाको मृत्यु भएको छ ।
वडा नम्बर– ५ हरपुर निवासी शेषमणी यादवकी १४ बर्षीय छोरी महिमा यादवको मृत्यु भएको हो । शुक्रबार दिउँसा घर लिपपोत गर्ने बेलामा उनलाई सर्पले टोकेको थियो । दाहिने हातमा तीन पटक सर्पले डसेको स्थानीयले जानकारी दिएका छन् । उनलाई उपचारका लागि बज्र दल गण त्रिबेणी लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो ।
बुटवलमा उपचारको क्रममा मृत्युका भएको मृतका दाइ अगंद यादवले जानकारी दिए । उनले भने सर्पले बहिनीलाई तड्पाई पड्पाई मार्यो, ३ पटक सम्म डसेको थियो, अस्पताल त लगियो तर बचाँउन सकिएन । मृतक बालिका जन जागृति उच्च मावि गुठीपरसौनीमा कक्षा ९ मा पढदै थिईन् ।