• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रामसपाद्वारा पार्टी प्रवेश तथा सभा

सागरबीर कडारी
राजविराज, १७ भदौ । राष्ट्रिय मधेश समाजवादी पार्टी जिल्ला कार्यसमिति सप्तरीद्वारा शुक्रवार ब्रहम्पुरमा पार्टी प्रवेश तथा सभाको आयोजना गरियो ।
शत्रुधन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा ब्रह्मपुर गाविसका करिब ५ सय जना व्यक्ति विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष सरत सिंह भण्डारीले फूलको माला तथा अबीर लगाएर स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सबैलाई राष्ट्रिय सहिद घोषणा गराउनकालागि आफूहरु प्रयासरत रहेको बताए । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहीदहरुको सपनालाई साकार पार्न आफूहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए । संविधान संशोधन गरी मधेशका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने अध्यक्ष भण्डारीले प्रतिवद्धता दोहोर्याए ।
कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ठ नेता एवं संसदीय दलका नेता निर्जला राउत, राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, राष्ट्रिय महासचिव केशव झा, जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उमेश प्रसाद मण्डललगायतले मन्तव्य व्यक्त गरे ।