• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

जिल्ला विकास समिति सप्तरीको साढे चार करोड रुपैयाँ फ्रिज

जिल्ला विकास समिति सप्तरीको साढे चार करोड रुपैयाँ फ्रिज

राजविराज, १७ भदौ । कागज मिलान गरी असार–मसान्तको अन्तिम दिन रातभरी चेक काट्दा पनि जिल्ला विकास समिति सप्तरीको करिब साढे चार करोड रुपैयाँ फ्रिज भएको छ ।
लेखा शाखाबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न शिर्षकमा जिल्ला विकास समितिको कुल ४ करोड ४५ लाख ६४ हजार एक सय ८ रुपैयाँ फ्रिज भएको हो । समयमा काम गर्न नसकेको तथा आवश्यक प्रक्रिया नपुगेकोले विभिन्न शिर्षकका आएको बजेट फिर्ता भएर गएको लेखा शाखाले जनाएको छ ।
जिल्ला विकास समितिमार्फत सञ्चालित कार्यक्रमहरुमध्ये सर्वाधिक सुनौला हजार दिन कार्यक्रमको कुल ११ करोड ९७ लाख ७० हजारमध्ये ३ करोड १ लाख ५८ हजार ३० रुपैयाँ फ्रिज भएको छ । यसैगरी एलजिसिडिपीको कुल ४ करोड २५ लाख ३७ हजारमध्ये सर्वाधिक ७९ लाख ५४ हजार ६ सय ९२ रुपैयाँ फ्रिज भएको सूचना अधिकृत नवराज खड्काले जानकारी दिएका छन् । उनका अनुसार बहुक्षेत्र पोषण कार्यक्रमतर्फ ७४ लाख ३ हजारमध्ये ३२ लाख ६१ हजार २ सय रुपैयाँ फ्रिज भएको छ ।
यसैगरी संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत ४८ लाखमध्ये ३ लाख रुपैयाँ फ्रिज भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत कुल १२ करोड ४० लाखमध्ये २८ लाख ३४ हजार ५ सय २८ रुपैयाँ बजेट फिर्ता भएको सूचना अधिकृत खड्काले जानकारी दिएका छन् ।