वीरगञ्ज, १७ भदौ । गत बर्ष ६ महिनासम्म चलेको निरन्तरको मधेश आन्दोलनको क्रममा वीरगन्जमा सहादत प्राप्त गरेका ‘सहीद’हरुको सम्झनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार बृक्षारोपण गरेको छ ।
सहीदहरुको समाधीस्थलमा शुक्रवार बिहान बृक्षारोपण गरिएको हो । मोर्चामा रहेको पािर्टी नेपाल सद्भावना पार्टीका माहासचिव शिव पटेलको नेतृत्वमा बृक्षारोपण गरिएको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए ।
‘मधेशी वीर सहीदहरुमो सम्झना हामीले बृक्षारोपण गरेका हौं,’ नेता यादवले भने, ‘सहीदहरुको पार्थिव शरीरलाई सद्गती गरिएको ठाउँमा बृक्षारोपण ग¥यौ ।’ वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ विन्दवासिनीको तिलावे नदीको किनारमा बिभिन्न जातको बिरुवा रोपिएको हो ।
शान्तिपुर्ण आन्दोलनलाई दबाउन गत बर्ष प्रसाशनले २०७२ भदौ १४ घोषणा गरेको कफर््युको समयमा राधेमाई चोकमा बिद्यार्थी दिलिप चौरसिया प्रहरी गोलीबाट मारिएका थिए । घट्नाको बिरोधमा भदौ १५ मा कर्फु अवज्ञा गरी भएको प्रदर्शनमा प्रहरीको गोलीले अरु थप चार जनाको मृत्यु भएको थियो । राधेमाईका धर्मराज सिंह, नगवा बस्ने सोहन साह, र बारा नौतन घर भएका दिनानाथ साह र भोला साह लक्षुमनवा चोकमा प्रहरीबाट मारिएका थिए । यस्तै संविधान जारी भएको दिन असोज ३ मा कालो दिवसको प्रदर्शनमा गीता मन्दिर सडकमा भएको प्रदर्शनमा गाली सहभागि पकहा मैनपुरका सत्रुधन पटेल मारिएका थिए ।
बृक्षारोपण कार्यक्रममा नेता पटेल र यादवसंगै पुर्वराज्यमन्त्री करिमा बेगम, फोर।म नेपालका प्रदेश सचिव सलाउद्दीन अहमद, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका जिल्ल अध्यक्ष मुस्तकिम अन्सारी, सचिव नेक महमद, नेपाल सद्भाना पार्टीका जिल्ला ध्यक्ष मनोज कर्ण, केन्द्रिय सदस्यहरु जयमंगल सिंह तथा संजय पाण्डेय, जिल्ला सचिव कृष्णा पटेल, युवा नेताहरु इश्वरचन्द्र यादव, धर्मेन्द्र पटेल, छोटेलाल यादव, वीरेन्द्र यादव, दिपक यादव, महिला नेतृहरु रेखा साह, मुन्नी श्रीवास्तव, अनिता रौनियार संगीता तिवारी लगायतको सहभागिता थियो ।