• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एकपक्षीय ढङ्गले गठित पेशागत संगठन अमान्य ठहर

राजविराज १६ भदौ । नेकपा (माओावादी केन्द्र) प्रदेश नम्वर २ को काठमाण्डौमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।
भदौ १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकले सप्तरी सदरमुकाम राजविराजमा आगामी असोज १८ र १९ गते जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यव्रmमको आयोजना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेश यादवले बताए । असोज १६ र १७ गते सिराहा, असोज १३ र १४ गते धनुषा, असोज १० र ११ गते महोत्तरी, असोज ८ र ९ गते सर्लाही, असोज ६ र ७ गते रौतहट, भदौ २६ र २७ गते बारा र भदौ २४ र २५ गते पर्सामा एकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने छ ।
साथै बैठकले सप्तरी जिल्लामा हालै एकपक्षले मनपरी तथा एकपक्षीय ढङ्गले गरेको विभिन्न समिति गठन अमान्य र अवैधानिक भएको ठहर गर्दै त्यस्ता समितिलाई मान्यता नदिने निर्णय गरेको छ । जिल्लामा नेकपा (माओवादी केन्द्र)मा समाहित सवै पक्षलाई नसमेटि एकपक्षीय ढगले गठन गरिएको विभिन्न समितिलाई अवैध भन्दै बैठकले सो समितिलाई मान्यता नदिने निर्णय गरेको पोलिटब्युरो सदस्य यादवले जानकारी दिएका छन् ।
हालै एकपक्षले राजु विश्वकर्माको नेतृत्वमा गठन गरेको प्रेस सेन्टर, नेपाल, रामचन्द्र यादवको नेतृत्वमा गठन गरिएको विद्युतीय रिक्सा मजदुर संघ र अनिल चौधरीको नृतत्वमा गठन गरिएको अखिल नेपाल खेलकुद महासंघ पुर्ण रुपमा अवैधानिक तथा पार्टीको नीति विपरितको कार्य भएको ठहर गर्दै बैठकले सो समितिहरुलाई मान्यता नदिने निर्णय गरेको पोलिटब्युरो सदस्य यादवले बताए ।
त्यसैगरी गोरखाको पालुङ्गटार बैठकमा राज्य समिति सदस्यको हैसियतमा बैठकमा सहभागीहरुलाई अहिले पार्टीमा व्रिmयाशील भएकोहरुलाई आयोजक समितिमा राख्ने र माओवादी केन्द्रमा एकताको प्रकृयामा आएकाहरुको हकमा पार्टीले सिफारिस गरिएकोहरुलाई आयोजक समितिमा राखिने जानकारी पोलिटब्युरो सदस्य यादवले दिएका छन् ।