वीरगन्ज,१६ भदौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले विहिबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ ।
मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा अस्पताल पुगेका मोर्चाका नेता कार्यकर्ताले भर्ना रहेका तीन सय भन्दा बढी विरामीलाई फलफुल वितरण गरी सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन । तेश्रो मधेस आन्दोलनको क्रम्मा प्रहरीको गोली लागी ज्यान गुमाएको विर शहिदको सम्मानमा मोर्चाले मनाईरहेको सप्ताह व्यपारी श्रधान्जली कार्यक्रम अन्तरगत विहान अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरी स्वास्थ्य लाभको कामना गरिएको अध्यक्ष यादवले बताए । उनले पुर्व घोषित कार्यक्रम अन्तरगत बुधबार वीरगन्जको घण्टाघर चोकमा दीप प्रज्वलित गरी शहिदहरुलाई श्रधान्जली अर्पण गरिएको र आज अस्पतालमा फलफुल वितरण गरिएको जानकारी दिए ।
फलफुल वितरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव शिव प्रसाद पटेल, फोरम नेपाली केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री करिमा बेगम, फोरम नेपाल वीरगन्ज नगर अध्यक्ष राजुदिन बाबु, फोरम नेपालका प्रदेश सचिव महम्मद सलाउदिन सदभावना पार्टीका ईश्वर यादव, रेखा साह ,नेपाल सदभावना पार्टीका जिल्ला सचिव कृष्ण पटेल, मुनी श्रीवास्तव फोरम गणत्रान्त्रिका जिल्ला अध्यक्ष मुस्तकीम अन्सारी, तराई मधेश सदभावनाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव युवा फोरम नेपालका जिल्ला अध्यक्ष शेख जलसुदिन, समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिव आमोद यादव जिल्ला यशवन्त यादव,लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।