राजविराज, ११ भदौ । नेपाली काग्रेस राजविराज नगर समिति अन्तर्गत वडा नम्बर १० को कार्यालय शनिवार स्थापना भएको छ ।
वडा नम्बर १० स्थित डुमरी शिवथानमा आयोजित कार्यक्रममा वडा कार्यालयको स्थापना गरिएको हो । सो अबसरमा काग्रेस सप्तरीका सचिव रामकुमार यादबले नेपाली काग्रेस सधै जनताको पक्षमा मुक्ती आन्दोलन गरेको चर्चा गरे । काग्रेसले अब विकासको एजेन्डालाई महत्व दिएको बताए ।
कांग्रेका महासमिति सदस्य डा. अनिल झाले विकासकालागि स्थानिय जनता आफै एकजुट हुनुपर्नेमा जोड दिँदै जनताका साथमा काग्रेस सधै रहने प्रतिवद्धता व्यक्त गरे । कांग्रेसले बिगतमा भनेको प्रतिबद्धता अनुसार नै काम गरिरहेको उनले बताए ।
नेपाली काग्रेस राजविराज नगर समितीका सभापति शम्भुलाल देबले स्थानियस्तरमा रहेका समस्या समाधानका लागि स्थानियवासी अग्रसर भए नगर समिती सहकार्य गर्न तयार रहेको बताए । नेपाली काग्रेस राजविराज नगरपालिका वडा नम्बर १० का सभापति उपेन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानिय नारायण साह,चन्देशवर साह,लहर यादव, नारायण यादवलगायतले मन्तव्य व्यक्त गरे ।