रामनाथ यादव
राजविराज , २५ वैशाख ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ५ स्थित वनरझुलाका एक महिला बेपत्ता भएकी छन् । स्थानीय विरेन्द्र राय ( छाेटु ) काे श्रीमती अनिता देवी राय वुधवार राति देखि बेपत्ता भएकी हुन् ।
बेपत्ता महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । छिमेकी शेखर रायकाे छाेराकाे विवाह सुनसरी अमरवा जन्ती गएको माैका छाेपी राति दुई वजे चार पाँच जनाकाे समुहले जवर्दस्ती महिलालाई उठाएर लगेकाे शंका पीडित परिवारले गरेका छन् । दुई छाेरीकी आमा अनिताको जेठी छाेरी सपनाकाे विवाह भैइसकेकाे र काछी छाेरी वर्ष १३ कि काजल ( कजली ) पनि छिमेकीकाे विवाहमा गएकी थिइन । श्रीमान् वैदेशिक विदेशमा रहेकोले एक्लै घरमा भएकी महिलाई पाँच/ छ जनाकाे समुहले राती अपहरण गरी लगेको पीडित परिवार र स्थानीयहरुकाे आशंका रहेको छ ।
राति घरमा बलेको चिम निभाएर घटना घटाएको स्थानीयले वताए । महिलाको सासुराकाे मृत्यु भएको र सासू चाहिँ छाेरीसंग नारायणघाटमा वस्दै आएका छन् । ऊनी कान्छी छोरीसंग वस्दै आएका थिइन । तर छाेरी पनि छिमेकीकाे विवाहमा गएकोले महिला एक्लै घरमा सुतिरहेको वेला छिमेकीहरु जन्ती गएकाेले स्थानीय व्यक्तिहरु गाउँमा नभएको माैका छोपेर महिलालाई घरवाट लग्न सजिलो भएको पीडित परिवारले जानकारी दिए ।
महिलकाे माइती भारतकाे लदनीयावाट उनको वुवा प्रितम राय र उनकी श्रीमतीले छाेरी हत्या भएको शंका लागेको बताए । घर , आँगनमा रगत देखिएकाेले हत्या गरेको परिवारकाे शंका रहेको छ । महिलाकाे घरमा वारम्वार चाेरीका घटनाहरु (खसी,वाेका,चामल, गँहु) चाेरी हुदै आएको स्थानीयले वताए ।
जमिन खरिद गरि घर वनाएकाे दिन देखि दुश्मनी बढेर आएको महिलाकाे सासूले बताइन् । ऊनी साेझाे र इमानदार रहेकी र उनलाई कसले यस्तो घटना गराए हाे भने स्थानीयहरु त्रसित छन् । एक दिन पछि घटना भएको थाहा पाउँदा घर परिवारका व्यक्तिहरुले खाेजतलास गर्दा कतै फेला नपरेपछि इलाका प्रहरी कार्यालय हनुमाननगर , प्रहरी चाैकी काे वर्साइन जानकारी गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय राजविराज , अनुसंधान कार्यालय सप्तरी राजविराजवाट पीडितकाे घरमा आएर घटना बारे अनुसंधान गरिरहेका छन् । वडा नम्बर ५ का अध्यक्ष ललन प्रसाद राउतले महिला नभेटेपछि घटना शंकास्पद भएको बताए । घर आँगनमा रगत देखिएकाेले हत्या भएको हुन सक्ने आशंका उनको छ ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले महिला हराएको प्रहरीले जानकारी पाउनसाथ खोजतलास गर्दा समेत फेला नपरेको बताए । हराएकी महिलाको खोजी कार्य जारी राखिएको तथा उनको मोबाइल घरमै भेटिएकाले घटना बारे अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए ।