• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सहीदहरुको स्मृतिमा प्रेस फोरमद्वारा रक्तदान

सहीदहरुको स्मृतिमा प्रेस फोरमद्वारा रक्तदान

राजविराज, ७ भदौ । तेश्रो मधेश आन्दोलनका सहीदहरुको स्मृतिमा घोषित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मङ्गलवार सङ्घीय प्रेस फोरम सप्तरीद्वारा रक्तदान कार्यक्रम आयोजना गरियो ।

राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ८ पत्रकारसहित ११ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्य गीता यादव रहेका छन् । यसैगरी पत्रकारहरुमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, कान्तिपुर दैनिकका सम्वाददाता अवधेश कुमार झा, संघीय प्रेस फोरम सप्तरीका उपाध्यक्ष बृजमान तामाङ, सचिव जितेन्द्र कुमार झा, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिब प्रताप शाह, सदस्य सि एफएमका स्टेशन म्यानेजर भूषण सिंह, आनन्द मोहन शर्मा र राजविराज टुडेका निरज कर्णले रक्तदान गरेको संघीय प्रेस फोरम सप्तरीका कोषाध्यक्ष धर्मपाल राउतले जानकारी दिएका छन् ।
रक्तदान कार्यक्रममा सांसद लक्ष्मी चौधरी, संघीय समाजवादी फोरम नेपालका राजनितिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य सुर्यनाथ यादव, तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झासहितका जिल्ला नेताहरुको समेत उपस्थिति थियो । press forum saptari