• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लेनदेन मुद्दामा एक वर्ष कैद भएकी फरार महिला पक्राउ

लेनदेन मुद्दामा एक वर्ष कैद भएकी फरार महिला पक्राउ

सिरहा, ०७ भदौं । अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा सिरहा प्रहरीले लेनदेन विगो मुद्दामा कैद सजाय भएकी फरार एक महिलालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

पक्राउ पर्नेमा सिरहा सुखिपुर गाविस ३ बस्ने ३५ वर्षिया देवी जोगी गोसाई रहेकी छिन् । गोसाँईलाई इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले आज विहान महनौर गाविस ५ महनौर चौकबाट पक्राउ गरेको हो । महिला उपर सम्मानित जिल्ला अदालत सिरहाको मिति ०७३।०३।१० गतेको फैसलाले लेनदेन सम्बन्धि मुद्दामा एक वर्ष कैदको सजाय सुनाइएको थियो ।