• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संसदमा छिट्टै बिधेयक दर्ता गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

संसदमा छिट्टै बिधेयक दर्ता गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

बीरगञ्ज, ६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरि छिट्टै संसदमा बिधेयक दर्ता गराउने पक्षमा आफु रहेको बताएका छन् ।
सोमवार बिहान प्रधानमन्त्री निवासमा पुगेको मधेसी नेताहरुसगंको छलफलको क्रममा यस्ता धारण व्यक्त गरेका छन् । उनले मधेस आन्दोलनका सहिद, घाइते र सिमांकन लगायतका अधिकांश मागहरुबारे गठबन्धनका नेताहरुसँग एक–दुई दिनमै छलफल गरिने बताए ।
बालुवाटारमा भएको भेंटघाटको क्रममा मधेस आन्दोलनका समसामयिक बिषय र मधेशको समस्याबारे मधेसी नेताहरुको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संघीयसमाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गदिको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान पुगेको टालीले मधेसका विभिन्न बिषयहरुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीसँगको भेंटघाटमा उपाध्यक्ष गदीले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार, झुठा मुदा लगायत मागहरुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । टोलीमा सहभागी रहेका पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले आन्दोनको क्रममा प्रशासनद्धारा गरिएको ज्यादतीको बारेमा अवगत गराएका छन् ।
सभासद् अभिशेख प्रतापशाहले सिमामा भारतीय एसएसबिबाट दिनहु गरिएको ज्यादतीहरुको बारेमा भारत भ्रमणको क्रममा सराकारबाट कडारुपमा उठाउन प्रधानमन्त्रीसँग अनुरोध गरे । भेंटघाटमा भिडिया फोर बार्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारीले नेपाल र भारतको सम्बन्धलाइ प्रगाढ बनाउन हार्मोनीले गर्दै आइरहेको अवगत गराए ।