राजविराज, ६ भदौ । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन बुँदे सहमती कार्यान्वयन नभएसम्म सरकारमा नजाने प्रतिवद्धता दोहो¥याएका छन् ।
संघिय प्रेस फोरम सप्तरीले सोमवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सरकारमा जाने विषयमा फोरम नेपाल मात्रै नभई संघीय गठबन्धन र मोर्चा पनि एकमत रहेको प्रष्ट्याए । ‘फोरम नेपाल सरकारमा सहभागि हुनेबारे हाल विभिन्न प्रकारका चर्चाहरुले व्यापकता पाईराखेको बताउँदै उनले भने, ‘परराष्ट्र मन्त्रालयले खाली राखिएको भनी फोरम नेपाल सरकारमा सहभागी हुने विभिन्न कोणवाट विश्लेषण गर्नेहरु थुप्रै छन्, त्यस्ता तर्कहरुमा यथार्तता छैन ।’
देशमा सात पटक संविधान बनिसके पनि मधेशी उत्पीडितहरुको अनुकुल संविधान हालसम्म पनि बन्न नसक्दा मुलुकमा स्थायी राजनीतिक स्थितरता आउन नसकेको यादवको भनाई थियो । ‘मुलुकमा राजनीतिक स्थिरताका लागि सवै वर्ग, समुदायको हक अधिकार सुनिश्चित हुनेखालको संविधान ल्याउनुपर्नेमा उनले जोड दिए ।
ठुला दलहरु मधेशी लगायत मुलुकका उत्पीपिडितहरुलाई पटक पटक ठग्ने काम मात्रै गरेको भन्दै यादवले यस पटक ठोस र परिमाणमुलक उपलब्धी नभएसम्म आन्दोलन जारी नै रहने बताए । आफुहरु एजेण्डाका साथ आन्दोलनमा रहेको भन्दै राज्यपक्षलाई माग सम्बोधन गर्न बाध्य हुने दावी गरे । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सुचि आफुहरुले सरकारलाई बुझाएको वताउँदै यादवले सवैजसोलाई सहिद नै घोषणा गर्नुपर्छ भनि आफुहरुको समेत माग नरहेको प्रष्ट्याए ।
प्रेस फोरम सप्तरीका उपाध्यक्ष बृजमान तामाङ्गको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन पार्टीकी केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेश प्रमुख रेणु यादव, प्रदेश मुख्य सचिव शम्भु झा, राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य अशोक यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।