• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सद्भावना गजेन्द्रवादीका अध्यक्ष तिवारीलाई मातृशोक

सद्भावना गजेन्द्रवादीका अध्यक्ष तिवारीलाई मातृशोक

राजविराज, १२ साउन । सदभावना पार्टी (गजेन्द्रवादी)का केन्द्रीय अध्यक्ष विकास कुमार तिवारीलाई मातृशोक परेको छ ।
सप्तरीको डाढा निवासी तिवारीकी आमा केतकी देवीको सोमवार ७१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो । उनको पार्थिव शरीर कोशी ब्यारेज स्थित सप्तकोशी नदीमा अग्नि संस्कार गरिएको छ ।
अध्यक्ष तिवारी आमाकै प्रेरणा पाएर मधेशमुक्ति आन्दोलनमा संघर्ष गर्दैआएका छन् । २०५५ सालमा उनको सप्तरीको तोपा स्कूलमा शिक्षकको नोकरी भईसकेको थियो । तर उनलाई त्यहाँ काम गर्न मनले मानेन । आमा केतकी समक्ष मनको कुरा राख्दा समर्थन गर्दै एक हजार पाँच सय रुपैयाँ दिएर काठमाण्डौ पठाएका थिईन् ।
आमाले दिएको रकमले काठमाण्डौ पुगेका तिवारीलाई मधेशका मसिहा गजेन्द्रनारायण सिंहसँग भेंट भएको थियो । त्यहाँ नेता सिंहले शान्तिनगर स्थित पार्टी कार्यालयमा डेढ घण्टा सम्झाउँदा जागिरको आशा छाडेर राजनीतिमा सक्रिय भएका थिए । आफ्नी आमाको सपनालाई पुरा गर्न आजिवन मधेशमुक्ति आन्दोलनमा संघर्षरत रहने किरिया बसेका तिवारीले बताए ।