• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नदीमा एक युवक बेपत्ता

राजविराज, १० साउन । सप्तरीको कोइलाडी–बर्साइन गाउँ विकास समिति स्थित जिता नदीमा सोमवार एक युवा बेपत्ता भएका छन् ।

मोरङ्गको बिराटनगरपालिका–१८ जतुवा घर भएका २२ वर्षिय सुदिप कुमार यादव खोला तर्ने क्रममा बेपत्ता भएका हुन् । सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका स्थित फोरवाड बैंकमा कार्यरत रहेका वहाँ संस्थाको रकम संकलन गर्न कोइलाडी बर्साइन पुगेका थिए । कोइलाडी मधेपुरा–८ स्थित समूह नम्वर–१०४ मा रकम संकलन गर्नका लागि खोलाको किनारमा साइकल, व्यागसहित लुगाहरु राखी स्थानीय एक महिलालाई ‘सामानहरु हेर्दै गर्नुहोला, म पैसा उठाएर आउँछु’ भनेर खोलामा पसेका थिए । उनलाई उक्त महिलाले बाढीको बेग बढी छ भन्दै रोके पनि ती युवकले नमानेको बताईएको छ । बेपत्ता भएका यादवको खोजी कार्यमा कोइलाडी बर्साइन स्थित सशस्त्र प्रहरी, ईलाका प्रहरी र नेपाली सेना समेतको टोलीले खोजी कार्य जारी राखेका छन् ।