वीरगञ्ज, ८ साउन । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द महतोले मधेसको माँग सम्बोधन नभएसम्म मधेसी मोर्चा सरकारमा नजाने प्रतिवद्धता दोहरयाएका छन् ।
पर्साको बीरगञ्जमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता दोहो¥याएका हुन् । महतोले मधेसको मुद्दामा तीन ओटै दल बेईमान रहेको भन्दै जारी मधेस आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको बताए । काठमाडौंमा मोर्चा सम्मिलित गठबन्धनले गरेको शान्तिपुर्ण आन्दोलनबाट माँग सम्बोधन नभए पुनः कठोर आन्दोलन गर्ने अध्यक्ष महतोले बताए ।
प्रमुख अतिथी समेत रहेका महतोले आन्दोलनको नेतृत्व युवा र विद्यार्थीका काँधमा रहेको हुनाले आन्दोलन सफल नभएसम्म आ–आफनो तर्फबाट सक्रिय एवं नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गरे । पर्सा जिल्ला प्रभारी एवम् केन्द्रीय सह–महामन्त्री अजय गुप्ताले आउँदा दिनमा सदभावना मधेसको प्रमुख पार्टी हुने बताउँदै अधिकार र पहिचानकोलागि जारी आन्दोलनको जिम्मेवारी युवाको काँधमा रहेकोले सम्पुर्ण मधेसी युवाहरु एक भएर अगाडि बढनुपर्ने धारणा राखे । 
वीरगञ्ज स्थित टाउन हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गर्नेहरुमा युवा गठबन्धन पर्साका अध्यक्ष एवं फोरम लोकतान्त्रिक पर्साका पुर्व जिल्ला सचिव ईश्वर यादव, युवा गठबन्धन पर्साका सह–संयोजक एवं रामसपा पर्साका पुर्व जिल्ला सचिव धर्मेन्द्र पटेल, संघीय समाजवादी फोरम नेपाल पर्साका वरिष्ठ नेता किसोरी यादव, नेपाली काँग्रेस मजदुर नेता सुरेश साह कानु, तराई मधेश लोकतान्त्रिक पार्टीको भातृ सङ्गठन तराई मधेस महिला संघकि पर्सा अध्यक्ष रेखा साह,युवा नेता गगनदेव यादव, दिपक साह कानु, संघीय प्रेस फोरमका केन्द्रीय सह–कोषाध्यक्ष सन्तोष पटेल, फोरम लोकतान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य रबि पटेल, गाविस पकहामैनपुर राष्ट्रिय प्रजातान्त्रिक पार्टीका वडा अध्यक्ष जयराम कुर्मी, लवकुश मेडिकल हलका सञ्चालक पन्नालाल पटेल, नेपाल परिवार दल पर्साका कोषाध्यक्ष अजय सर्राफ, सदस्य हरिशंकर सर्राफ, फोरम लोकतान्त्रिक वडा नं. १८ का अध्यक्ष हरिशंकर यादव, सचिव हरिशंकर साह, कोषाध्यक्ष ओमप्रकाश यादव, प्राध्यापक राजकुमार निखिल, युवा व्यवसायिहरु रोशन मोदी,सुरज गुप्ता, अजय साह तेली, बिजय गुप्ता, विकास गुप्ता, प्रमोद यादव, निरज गुप्ता, राकेश पाण्डे, सञ्चारकर्मी अनिल वर्मा, प्रवेश चौधरी, कृष्णा यादव, स्वतन्त्र युवाहरु दिपक सर्राफ, अन्सु कुमार, उदयकान्त झा, हरेन्द्र पटेल लगायत उल्लेखय मात्रामा बिभिन्न राजनितीक पार्टी परित्याग गरी सद्भावना प्रवेश गरे ।
नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र महतो, सह महासचिवद्वव अजय गुप्ता, सुरेन्द्र कुर्मी, केन्द्रीय सदस्य निजामुदिन समानी, रेखा घिमिरे लगायतकाले फुलमाला, टीका, सदस्यता रसिद र मधेसको चिनारी गम्छा सहित सम्मान गरेका थिए । वीरगञ्ज स्थित गण्डकबाट सद्भावना पार्टीका नेता कार्यकर्ताले मोटर साइकल र्याली गरी नगर परिक्रममा गरे ।
वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न प्रवेश कार्यक्रममा सहजिकरण जिल्ला सचिव राजेश साह र महिला मञ्च नगर अध्यक्ष सुनिता रौनियारले स्वागत एवम् केन्द्रीय सदस्य मोहनलाल चौधरीले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सद्भावना पार्टी पर्साका अध्यक्ष ईमदाद गद्दी सुगा, बारा अध्यक्ष शेख सफी लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।