• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी प्रहरी कार्यालयको भवन उद्घाटन, नयाँ भवनसँगै सेवा समेत नयाँ हुनुपर्दछः प्रहरी प्रमुख अर्याल

राजविराज, ७ साउन । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पुरातनवादी शैलीलाई परिमार्जित गरेर जनतालाई नयाँ ढङ्गको सेवा सुविधा प्रदान गर्न निर्देशन दिएका छन् ।
कुल १ करोड २२ लाख ३२ हजार रुपैयाँको लागतमा निर्मित १६ कोठे नव निर्मित भवनको शुक्रवार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाल प्रहरी नागरिक मैत्री हुनुपर्नेमा जोड दिँदै उनले भने ‘नयाँ भवनसँगै आम जनताले पाउने सेवा समेत नयाँ हुनु जरुरी छ, यसकालागि नेपाल प्रहरीको विभिन्न जिम्मेवारीमा रहेका राष्ट्रसेवकहरुलाई जिम्मेवार बन्नु पर्दछ । शान्ति सुरक्षा, अपराध न्यूनिकरण लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न महानिरीक्षक अर्यालले निर्देशन दिए ।5
प्रहरी जनताको सेवक भएको भन्दै उनले प्रहरीले मात्र हरेक थोक सम्भव नरहेकोले आम जनताको सहयोग र सहकार्यको आवश्यकता आंैल्याए । समारोहका प्रमुख अतिथि समेत रहेका प्रहरी प्रमुख अर्यालले भने ‘जनतासँगको सम्वन्धलाई सुमधुर बनाउन नेपाल प्रहरीले प्रहरी मेरो साथी अभियानलाई देशैभरी सञ्चालन गरेका हौं र यो अभियानमा आम जनताको व्यापक सहयोग र समर्थन पाईरहेका छौं ।
सोही समारोहमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै चोरी, तस्करी लगायत आपराधिक गतिविधिलाई नियन्त्रण गर्न आफूहरु सजग रहेको प्रतिवद्धता व्यक्त गरे । जिल्लाको गाउँगाउँमा प्रहरीको उपस्थिति बढाई जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने कार्यमा नेपाल प्रहरी अहोरात्र खटिरहेको बताउँदै उनले भने ‘प्रहरीभित्र ईमान्दारिता र व्यवसायिकता कायम कायम गर्दै कामकार्वाहीको विषयमा सत्यतथ्य छानबिन गर्न अनुगमन सेल गठन गरिएको छ ।’9
उद्घाटन समारोहमा पूर्वाञ्चलका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले पूर्वाञ्चलको शान्ति सुरक्षा कायम राख्नकालागि आफूहरु प्रतिवद्ध रहेको बताए । आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई कानूनको दायरा ल्याउनुकासाथै जनतासँगको सम्वन्धलाई सुमधुर बनाउँदै प्रहरी अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।
सप्तरीमा प्रहरी मेरो साथी अभियान अन्तर्गत १ लाख ८१ हजार १० घरको मूल गेटमा नागको फोटो जस्तै प्रहरीको सम्पर्क नम्वरसहितको स्टिकर टाँस गर्ने कार्य जारी रहेको र एक महिनाभित्र उक्त कार्य पुरा गरिने प्रहरी उपरीक्षक थापाले जानकारी दिए । क्षेत्रीय प्रहरी अस्पतालकालागि ठाको देवी र जोगेन्द्र भगतले अस्पतालकालागि १२ करोड रुपैयाँ बराबरको सवा दुई बिघा जग्गा निःशुल्क प्रदान गरेको तथा ईलाका प्रहरी कार्यालय बोदेबर्साइनकालागि ७५ लाख रुपैयाँ बराबरको ३ कट्ठा ७ धुर जग्गा निःशुल्क उपलब्ध गराएको उनले जानकारी दिए ।3
समारोहमा सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख उत्तम बहादुर सिंह, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जग्गादाता जोगेन्द्र भगतलगायतले मन्तव्य व्यक्त गरे । सोही अवसरमा जग्गादाता ठाको देवी र जोगेन्द्र भगत तथा चमेना गृह निर्माण गर्ने सतिश कुमार सिंहलाई प्रहरी महानिरीक्षक अर्यालले दोसल्ला ओढाएर सम्मान गरे । भवन उद्घाटनका अवसरमा विभिन्न क्षेत्रसँग सम्वन्धित विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।2
यसैगरी महानिरीक्षक अर्यालल ईलाका प्रहरी कार्यालय कल्याणपुरको नव निर्मित भवनको उद्घाटन गरेका छन् ।

4