• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युवा सम्मेलनबारे कार्यालय प्रमुखहरुसँग छलफल

युवा सम्मेलनबारे कार्यालय प्रमुखहरुसँग छलफल

राजविराज, ५ साउन । सप्तरी जिल्ला युवा सम्मेलन मूल समारोह समितिले बुधबार जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।
जिल्लामा पहिलोपटक आयोजना हुन गइरहेको युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि  प्रमुख जिल्ला अधिकारीको निवासमा भएको छलफलमा युवा सम्मेलन मूल समारोह समितिका संयोजक श्रवणकुमार देवले युवा सम्मेलनको औचित्य, उद्देश्य यसबाट हुने उपलब्धीसहितका बिषयमा प्रस्तुतीकरण गरेका थिए । देवले सप्तरीकै इतिहासमा पहिलो पटक हुने जिल्ला सम्मेलनले युवाहरुलाई हौंसला प्रदान गर्ने बताए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जिल्ला युवा भेला हुनु राम्रो भएको बताउँदै यसमा आफूसहित सम्पूर्ण कार्यालयको सकारात्मक सहयोग रहने बताए । उनले अहिलेका युवाहरुलाई एकजुट भएर विकासका साथै हरेक गतिविधीमा सकृय हुनुपर्ने धारणा व्यक्त गरे ।
जिल्लाका अधिकांस कार्यालयका प्रमुखको सहभागिता रहेको बैठकमा उनीहरुले युवा सम्मेलनले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । आगामी साउन २८ र २९ गते सप्तरी जिल्ला युवा सम्मेलन हुँदैछ । सम्मेलनमा जिल्लाका सबै ९१ गाविसका तथा पाँच वटै नगरपालिकाका युवाहरुको सहभागिता रहनेछ । सम्मेलनले युवाहरुको समस्यामाथि छलफल गर्दै समाधानका उपायहरुबारे छलफल गर्नेछ ।